‘राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै दल एक हुनुपर्छ’
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार २३:१३:२९
२४ मंसिर, काठमाडौं । राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले राष्ट्रियताका विषयमा निकास दिने गरी सबै दलले विचार बनाउनुपर्ने बताए । देशमा देखिएका विभिन्न खाले समस्या समाधानमा पनि दलीय एकता हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेसका १४औँ महाधिवेशनले त्यस दिशामा पहल गर्ने विश्वास व्यक्त गरे ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा शुरु भएको नेपालको प्रजातान्त्रिकरणलाई बाह्य हस्तक्षेपमुक्तरूपमा अघि बढाउन कांग्रेसको महाधिवेशन सफल हुनुपर्ने बताए । बाह्य हस्तक्षेपकै कारण विसं २००७ मा आएको प्रजातन्त्र आउने जाने भइरहेकाले असंलग्नताको नीतिलाई अझै प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए । देश जोगाउने मुद्दामा सबै दल एकजुट हुनुपर्ने नेता मैनालीको आग्रह थियो । तटस्थता र पञ्चशीलको सिद्धान्तलाई सबै दल एवं तीनका नेतृत्वमा बन्ने सरकारले पालना गर्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वडातहसम्म एकता, उत्साह र रुपान्तरणको सन्देश लैजान महाधिवेशन सफल हुने बताए । राजनीतिमा लोभ, भ्रम र त्रासको खेती अन्त्य गरी आशाको दियो जगाउनु महाधिवेशनको लक्ष्य रहेको उनको विचार थियो ।
काठमाडौं कांग्रेसका सभापति सबुज कृष्ण बानियाँले देशमा सबै कुराको व्यवस्थापन गर्न पार्टीको १४औँ महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसको मोबाइल एपसमेत सार्वजनिक गरिएको थियो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृतिमा प्रकाशन गरिएको पुस्तक विमोचन गरेका थिए । यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेताको तस्बिरमा माल्यार्पणसहित दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका थिए ।
कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोह अहिले भृकुटीमण्डपमा चलिरहेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरिरहेका थिए । महाधिवेशनका देशभरबाट चार हजार सात सय महाधिवेशन प्रतिनिधि राजधानी आएका छन् ।
शनिबार आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न उम्मेद्वारी दर्तासहित बन्दसत्र शुरु हुने कांग्रेसले जनाएको छ । सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ ।
महाधिवेशन उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जुलुससहित कांग्रेस कार्यकर्ता भृकुटीमण्डप आएका थिए ।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । हिमाल, पहाड, तराइका विभिन्न क्षेत्रमा प्रचलनमा रहेको सांस्कृतिक झाँकी पनि महाधिवेशनस्थलमा प्रस्तुत गरिएको छ । महाधिवेशनस्थलमा स्वास्थ्य परीक्षणसहित रक्तदान पनि आयोजना गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार