समाजमा दलाल पूँजीवाद हाबी : अध्यक्ष नेपाल
सरला बैजु
मंसिर २५, २०७८ आइतबार २:४३:२६
२५ मंसिर, रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिएका छन् ।
समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसंगति हुर्काएको उल्लेख गर्दै उनले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिए ।
समाजवादी प्रेस संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताए ।
लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उनले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गरे ।
उनले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताए ।
कम्युनिष्ट पार्टीलाई विसर्जनमा जान नदिनका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता देखिएका कारण नै समाजवादी पार्टी गठन गरिएको प्रष्ट पार्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर जाने सहमति भएको जानकारी गराए ।
उनले मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहोरयाउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह गरे । “अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ”, उनले भने ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार