अशक्त अपांगता भएकालाई घरमै कोरोनाविरुद्धको खोप
सरला बैजु
मंसिर २५, २०७८ आइतबार ३:१६:५५
२५ मंसिर, कञ्चनपुर । अशक्त अपांगता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।
कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए ।
शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपांगता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए । “सम्बन्धित पालिकासँग समन्वय गरी अशक्त ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्रवाहक अपांगता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौँ,” हुडकेले भने, “पालिकाको सहयोगमा तथ्यांक लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ ।”
खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उनले बताए । अशक्त ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति खोप केन्द्रसम्म पुग्न सक्दैनन् । खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पुर्याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौँ ।”
पाँच पालिकाका अपांगता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उनले बाँकी भीमदत्त, बेदकोट तथा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताए । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त ज्येष्ठ तथा अपांगता भएका व्यक्तिको पहिचान गरी तथ्यांक उपलब्ध गराउन अहम् भूमिका खेलेको उनको भनाइ छ ।
प्रतिपालिकामा दुई सयजना अशक्त अपांगता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताए । उनकाअनुसार अभियानमा प्राविधिक सहयोग सर्वाङ्गीण अपांगता विकास समाज नेपालले उपलब्ध गराएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार