माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्छ : अर्थमन्त्री शर्मा
सरला बैजु
मंसिर २५, २०७८ आइतबार ४:६:१८
२५ मंसिर, कर्णाली । नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै संगठन विभाग प्रमुख तथा अर्थमन्त्री शर्माले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताए । माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उनले टिप्पणी गरे ।
अर्थमन्त्री शर्माले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेनाभन्दा पनि माथि रहेको भनी प्रशंसा गरे । “पछिल्लो समयमा हामी विचार छाडेर झोक्रायौँ । संगठनमा विधि र पद्धति पनि भएन”, उनले भने, “अब नयाँ विचारको सुरुआत हुनेछ । जसले विधि, कार्यशैली र कार्यदिशा के हो रु निश्चित गरेर मार्गचित्र कोर्दै कर्णालीको आत्मनिर्भर पृष्ठभूमिलाई जोगाउनेछ ।”
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्जार्च शक्तिबहादुर बस्नेतले आजको व्यवस्थाको इञ्जीनियरिङ माओवादीले गरेको दाबी गर्दै यसको पाइलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिए । माओवादी हार्दा जनताले हार्ने भन्दै उनले हार्ने सुविधा नभएको समेत जिकिर गरे ।
प्रदेश सम्मेलनमा केन्द्रका कर्णाली प्रदेश सहइन्चार्जत्रय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही र टेकबहादुर बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्य, जिल्ला नेता, प्रतिनिधि तथा पर्यवेक्षकसहित करिब एक हजार दुई सयको सहभागिता रहेको छ । उद्घाटनसत्र सम्पन्न भएको तर बन्दसत्र भोलि सुरु हुने प्रदेश सचिव आचार्यले बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार