कांग्रेसका गुटहरु तीक्ततामा अघि बढिरहने होलान् कि हार्दिकतामा ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
मंसिर २७, २०७८ सोमबार २०:३३:४
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-21-.jpg-4_XtxXRP3iFm.jpg)
नेपाली कांग्रेसको महाधिवेशन अन्तिम चरणमा पुगेको छ । अब केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन बाँकी रहेको छ । यो महाधिवेशनमा कांग्रेसको विधानसम्बन्धी कुनै छलफल भएन । कांग्रेसले पनि एमालेले जस्तै विधान अधिवेशन छुट्टै गर्ने बताएको छ ।
त्यसबेला छलफल होला । यसले गर्दा बन्दसत्र आकर्षणको विषय नभएर निर्वाचन नै नेता, कार्यकर्ताको आकर्षणको विषय बन्न पुग्यो । कांग्रेसको महाधिवेशन विधानका विषयमा कुनै छलफल नभएकाले निर्वाचन अधिवेशनजस्तै बन्न पुग्यो । तलदेखि माथिसम्म व्यक्ति छान्नमै बढी रुमल्लिएको देखियो तर पनि कांग्रेसको अधिवेशन एमाले र माओवादीका जस्तो नेताका मान्छे छान्न सर्वसम्मत गर्नुपर्छ, त्यसो गर्दा गुट समाप्त हुन्छ भनिएन ।
तल्लो तहदेखि नै निर्वाचनका माध्यमबाट पदाधिकारी, प्रतिनिधि छानियो जसलाई प्रजातन्त्रको राम्रो अभ्यास भन्न करै लाग्छ । यति हुँदाहुँदै पनि केन्द्रको गुटगत प्रवृत्ति तलैसम्म हाबी भएको देखियो । केन्द्रमा पनि गुटगतरुपमै निर्वाचन हुने भयो । यो गुटगत प्रवृत्ति पछिसम्मै नहटेर आमनिर्वाचनमा पनि देखिने र एउटा गुटले अर्कालाई असहयोग गर्ने स्तरसम्म पुग्ने हो कि भन्ने खतरासमेत बढेको छ ।
अहिलेको अवस्थामा राजनीति सिद्धान्तमा भन्दा शक्ति केन्द्रको वरिपरि घुमिरहेको छ । त्यसका वरिपरि सिद्धान्तनिष्ट नेता, कार्यकर्ता नभएर खर्बपतिहरु, अझ दलाल पुजीपति वर्ग, शिक्षा व्यवसायीको टाइकुनहरु, चिकित्सा शिक्षा व्यवसायीका टाइकुनहरु, ठूला ठेकेदारहरु, विदेशी धन वरपर गराउने दलालहरुले पार्टीको शीर्ष तह घेरिएको छ । एमालेको केपी ओलीको सरकार, उनको अघिपछिको अवस्था, माओवादीका पुष्पकमल दाहाल प्रचण्डको अवस्था त्यस्तै देखियो । कांग्रेस सभापति शेरबहादुर देउवाको अवस्था पनि त्योभन्दा फरक छैन ।
उस्तै हो । यस्तो अवस्थामा अन्य प्रभावशाली नेतामा पनि शक्ति आर्जन गर्ने लोभ नलाग्ने कुरै भएन । जति सकिन्छ कसैले यी शीर्ष नेताको आड लागेर शक्ति आर्जन गर्ने, कसैले आफै यस्ता शक्तिलाई हातमा लिएर आफ्नो शक्ति बढाउन प्रयास गर्ने नै हो । यसले पार्टीभित्र गुटको राजनीति बलियो बन्दै जाने नै भयो । यस्तो अवस्थामा निर्वाचनमा घात अन्तर्घात बढ्न जानु स्वाभाविकै हो । नेपाली कांग्रेस आमनिर्वाचनमा यस्तै घात अन्तर्घातबाट सधैं पीडित छ । यस्तो अवस्थामा पार्टीको आन्तरिक निर्वाचन प्रजातान्त्रिक अभ्यासको नमूना बन्न सक्ला र ?
नेपाली कांग्रेस समाजको तल्लो तहसम्म पुगेको पुरानो र ठूलो पार्टी हो । लोकतन्त्र अर्थात् प्रजातन्त्रमा विश्वास गर्ने ठूलो जनसमुदायको समर्थन कांग्रेसप्रति छ । उनीहरुले नेपाली कांग्रेसले पूर्णरुपमा प्रजातान्त्रिक शासन व्यवस्था सञ्चालन गरोस् भन्ने चाहन्छन् । विडम्बना शीर्ष नेतृत्व तह दलाल पुँजीवादको दलदलमै रमाइरहेको छ । त्यसबाट पार जान सक्ने अवस्था पनि छैन र चाहँदा पनि चाहँदैन । पछिल्लो कालमा नेताहरुलाई नीतिप्रति त्यति चासो नै छैन, गुट उपगुट बनाउने लालसा बढेर गएको देखिएको छ । यस्तो अवस्थामा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, कल्याणकारी राज्य, सुशासन जनताको कल्पनाबाहिर जाँदै छन् ।
यो चौधौं महाधिवेशनको क्रममा चुनिएर आएका प्रतिनिधिहरुमध्ये ठूलो संख्या युवाहरुको छ । यो युवाहरुको ठूलो संख्याले नेपाली कांग्रेसको राजनीतिलाई बुझ्दैन । बीपी कोइरालाले अगाडि सारेको प्रजातान्त्रिक समाजवाद वा अहिलेको विश्वको राजनीतिक व्यवस्था र अर्थनीति बारे अति कम ज्ञान राख्छ । यो ठूलो प्रतिनिधिको संख्यालाई विशेष प्रशिक्षणको आवश्यकता छ । त्यस्तो प्रशिक्षढा दिने नेताहरु पनि सुधारिएर जानु, आदर्श बन्नु अति आवश्यक छ । यो पार्टीको जनशक्तिलाई उचित सिद्धान्तका आधारमा प्रशिक्षण दिन सकियो भने कांग्रेसको भविष्य उज्ज्वल हुने छ । प्रजातान्त्र मजबुत बन्ने निश्चित छ । होइन यो जनशक्तिलाई आफ्नो स्वार्थपूर्तिमा लगाउन प्रयास भयो भने भविष्यमा समग्र राजनीति नै अराजक र अत्यन्तै खतरनाक अवस्थामा पुग्ने निश्चित छ ।
सबै जिल्लाबाट छानिएर आएका अधिकांश महाधिवेशन प्रतिनिधिहरुले अहिले पार्टीको आन्तरिक निर्वाचनमा जेजस्ता समूहमा लागेर प्रतिस्पर्धा गरे वा मत दिए पनि आपसमा तीक्तता नभइदिए हुन्थ्यो भन्ने चाहना राखेको देखिएको छ । त्यस्तो गुटगत तीक्तता यहीँ सकिएर हार्दिकता बढे नेपाली कांग्रेसले आउँदा तीनै तहका निर्वाचनमा बहुमत ल्याउने देख्छन् । होइन अहिले बनेका गुटहरु आउँदा राष्ट्रिय निर्वाचनमा तीक्ततापूर्ण अवस्थामै अघि बढे भने अवस्य नै कांग्रेस हार्ने उनीहरुको आँकलन छ । यो अत्यन्त सटिक र उपयुक्त विश्लेषण हो । के प्रतिनिधिहरुले भनेजस्तो शीर्ष तहका नेताहरुले सोच्लान् ? त्यसै अनुसारको व्यवहार गर्लान् ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार