एभीसी सेन्ट्रल जोन खेल्ने महिला तथा पुरुष टोलीको टुंगो लाग्यो
नेपालबहस संवाददाता
मंसिर २७, २०७८ सोमबार १८:२२:४४
२७ मंसिर, काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ । बंगलादेशको ढाकामा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने टुंगो लागेको नेपाल भलिबल संघ (एनभीए)ले जनाएको हो ।
प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म आयोजना हुनेछ । महिलातर्फ आयोजक बंगलादेशसँगै किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान रहेका छन् ।
पुरुषतर्फ आयोजक बंगलादेशसँगै माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एनभीएले जनाएको छ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि भिड्नेछन् ।
यसअघि ढाकामै भएको महिला च्याम्पियनसिपको नेपाल विजेता हो । यता, नेपालमै भएको पुरुषतर्फको प्रतियोगितामा भने आयोजक नेपाल समूह चरणबाटै माथि बढ्न सकेन ।
प्रतियोगिताको लागि एनभीएले १२ सदस्यीय महिला तथा पुरुष दुबै राष्ट्रिय टोली छनोट गरिसकेको छ । पुरुषतर्फ डच प्रशिक्षक हाङ एविङ रहने छन् भने महिलातर्फ जगदिश भट्ट छन् ।
महिला टोली स् अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ (लिविरो)
पुरुष टोली स् इम राना मगर (कप्तान), हरि हजुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, बिशालबहादुर विक, सरन सामरी क्षेत्री, विनोदबहादुर चन्द (लिविरो)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार