वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा वृद्धि
सरला बैजु
मंसिर २७, २०७८ सोमबार १८:४२:५१
२७ मंसिर, खोटाङ । यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् ।
सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्यांक हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक संख्यामा श्रम स्वीकृति लिएको पाइएको हो ।
दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । मुलुकभरको तथ्यांक हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् ।
कोरोना महामारीकैबीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको पाइएको छ । यतिसम्म कि एउटा घरका बुबा, छोरीछोरी तथा बुहारी गरी पाँच जनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।
पहाडी भूभाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको सामीमा वैदैशिक रोजगारसँग सम्बन्धित नौँ उजुरी परेका छन् । खोजी तथा उद्दारमा पाँच, मृत्यु भएकाकोे शव झिकाइदिन एक, आर्थिक सहयोगका लागि दुई तथा मेनपावरले दुःख दिएकामा एउटा उजुरी परेको हो ।
विगत चार महिनको अवधिमा वैदेशिक रोजगारसम्बन्धी जानकारी लिन दिक्तेलस्थित सूचना केन्द्रमा महिला १८२ र पुरुष ४६१ आएका आएका छन् । वैदेशिक रोजगारीमा गएका घरपरिवारका महिला सदस्यलाई सामीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान तथा सीप दिँदै आएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार