एमसीसी सम्झौताको खारेजीको माग गर्दै कार्यालय घेराउ
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २०:२०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/mcc-1-e1639385298718_7F8E7LrmP8.jpg)
२७ मंसिर, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनविरुद्ध आन्दोलनरत मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गरेका छन्।
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा उनीहरुले घेराउ गरेका हुन् । घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिर रोकेको छ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीसहितका विभिन्न घटकहरुले एमसीए नेपालको कार्यालय घेराउ गरेका हुन्।
एमसीसी सम्झौताको खारेजीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलनमा रहेको यो मोर्चाले मंगलबार संघीय संसद भवन वानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन्।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार