प्रदेश १ को माओवादी अधिवेशन पदाधिकारी चयन नगरी सम्पन्न
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २३:४:२०
२७ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन पदाधिकारी चयन नगरी सकिएको छ।
अध्यक्ष पदका आकांक्षीहरू चुनावमा जाने र पार्टी नेतृत्व भने सहमतिमै पदाधिकारी चयन गर्ने अडानबाट पछि नहटेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन पदाधिकारी चयन नगरी सकिएको छ। मंसिर २५ मा सुरू भएको प्रदेश अधिवेशनले २६९ सदस्यीय प्रदेश कमिटी भने चयन गरेको छ।
सुरूमा कमिटीका सदस्यहरू चयन गर्ने र तिनैमध्येबाट पदाधिकारी चयन गर्ने माओवादीको संगठन शैली छ। तर, तीन जना आकांक्षीहरूबीच सहमति प्रयास विफल भएपछि पदाधिकारी टुंगो नलगाई अधिवेशन सकिएको हो।
वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र हालका सचिव हेमराज भण्डारी प्रदेश अध्यक्षका दाबेदार छन्।
उनीहरूले कमिटीमा चुनाव गरेर पदाधिकारी टुंगो लगाउन माग गरेका थिए। तर, पार्टी नेतृत्वले दुई दिनपछि बैठक गर्ने र पदाधिकारी टुंग्याउने निर्णय लिएको छ।
‘तीन जनाले अध्यक्षमा दाबी गरेका छन् । सहमति नजुटेको खण्डमा चुनाव नै गर्ने की भन्ने पनि राय आएकोले दुई दिनलाई स्थगन गरिएको हो।’
प्रदेश १ मा माओवादीका ९ जना पदाधिकारी चयन हुनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन्।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार