म्याद गुज्र्यो, बनेन पुल
सरला बैजु
मंसिर २८, २०७८ मंगलबार १४:०:४०
हेमन्त केसी
२८ मंसिर, जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।
जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी करिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।
कहिले बन्ला ?
भेरी करिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य सुरु भइरहेकाले अबको तीन महिनाभित्र जडानकार्य समेत सकिने प्रमुख झाको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे ।
भेरी करिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।
पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम सुरु गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम सुरु भएको सडक डिभिजनका प्रमुख झाले बताए ।
जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रपुख गोरखबहादुर केसीले लिएको छ । उनले हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार