विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण

नेपालबहस संवाददाता
मंसिर २८, २०७८ मंगलबार १९:८:२१

२८ मंसिर, सिमकोट । सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।
गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए ।
पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उनले बताए ।
सिमकोटमा प्याड बैंक
सिमकोटमा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ । हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा ‘स्वास्थ्य सफा, सेनेटरी प्याडको आवश्यकता ः सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।
महिलाका लागि कम्पनीको अधिकतम खुद्रा मूल्यमा बिक्री गर्ने उद्देश्यले प्याड बैंक स्थापना गरिएको हेड नेपालका छोमु लामाले बताए । सडक सञ्जालसँग नजोडिएका हुम्लामा काठमाडौंदेखि नेपालगञ्जसम्म एति एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले निः शुल्क प्याड ढुवानी गर्ने भएका कारण सिमकोटमा सहुलियतमा बिक्री गरिने भएको हो ।
सिमकोटमा आइपुगेका प्याड सर्वसाधरणसम्म पु¥याउन हिमाली शिक्षा र विकास हेड नेपालको कार्यालय, डोमा जनरलस्टोर, न्यु हिमालय ट्रेडिङ हाउस र विकास जनरलस्टोरमा पाइने भएको लामाले बताए । जिल्लामा विगतको समयमा कुरीतिको रुपमा हेरिने भए पनि अहिले समयानुकूल शिक्षाले परिवर्तन गरिसकेपछि महिनाबारीलाई सामान्य रुपमा हेरिने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
फागुन १५, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार
सुक्खा पहिरोमा परी काभ्रेमा एक जनाको मृत्यु
फागुन १५, २०८१ बिहिबार
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण
फागुन १५, २०८१ बिहिबार
मेयर आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किए
फागुन १५, २०८१ बिहिबार