सैनिक मुख्यालयमा चारवटै सुरक्षा निकायका जासुसी संयन्त्रको बैठक
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ बुधबार ४:१०:३७
२८ मंसिर, काठमाडौं । नेपालको गुप्तचरी निकायलाई एकै ठाउँ राखेर नेतृत्व गर्न खोजिरहेको नेपाली सेनाले चारवटै सुरक्षा निकायका गुप्तचरी एजेण्टलाई राखेर एउटा गोष्ठी आयोजना गरेको छ ।
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ‘एपीएफ’ र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत केन्द्रमा रहेका चारवटै सुरक्षा निकायका गुप्तचरी एजेण्टहरुलाई राखेर गोष्ठी गरेको हो । दुई दिने सो गोष्ठीलाई सेना वा प्रहरी कसैले पनि बाहिर ल्याउन चाहेका छैनन । स्रोतका अनुसार २६ र २७ गते जंगीअड्डामा ‘इन्टेलिजेन्स वर्कसप’ नाम दिएर सो गोष्ठी भएको थियो । स्रोतका अनुसार गोष्ठीमा चारवटै सुरक्षा निकायले आ–आफ्ना तर्फबाट जासुसी क्षमता, त्यसको परिचालन, चुनौती र प्रभावकारी रुपमा संयन्त्रको आधुनिकीकरण लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि सामूहिक छलफल भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले छुट्टा-छुट्टै सुझाव दिएको स्रोतको दाबी छ । ‘गोष्ठी नेपाली सेनाले आयोजना गरेको हो राष्ट्रिय सुरक्षा र त्यसका चुनौती सामना गर्न ‘जासुसी क्षमता’लाई ‘ठाउँ विशेष’मा एकीकृत रुपमा प्रयोग गर्नुपर्ने पक्षमा छलफल भएको छ’, स्रोतले भन्यो ।
यसअघि २०७७ माघ २५ र २६ मा सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने गोष्ठी आयोजना गरेको थियो । त्यस गोष्ठीमार्फत सेनाले सीमा सुरक्षा, नियमन, व्यवस्थापन र सूचना आदान–प्रदानका लागि एकीकृत संयन्त्रबाट नियमन गर्नुपर्ने प्रस्ताव अघिसारेको थियो ।
त्यस प्रस्तावलाई कतिपयले सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र निजामती संयन्त्र सबैलाई आफ्नो बास्केटभित्र राखेर सेनाले नियमन र निगरानी बढाउन खोजेको संशय पनि व्यक्त गरेका थिए । त्यसको एक वर्षपछि सेनाकै संयोजनमा चारवटै सुरक्षा निकायको विशेष गोष्ठी सम्पन्न भएको हो ।
नेपाली सेनामा उपरथीको कमाण्डमा जासुसी युनिट छ । सैनिक विनय महानिर्नेशनालयमार्फत सेनाले देशभर गुप्तचरीको काम गर्दै आएको छ । नेपाल प्रहरीमा सादा पोशाकमा बसेर काम गर्ने थुप्रै युनिट छन् । तर, खासगरी आतंकवाद, हतियारको अवैध कारोबार, खोटाचलन, अन्तर्राष्ट्रिय नाकाबाट हुने घुसपैठलगायतलाई हेर्न प्रहरीमा प्रहरी नायव महानिरीक्षक ९डीआइजी०को नेतृत्वमा विशेष ब्युरो कार्यरत रहेको छ । नेपाल प्रहरीको यो यूनिट जासुसी संयन्त्रमा बलियो मानिन्छ ।
उक्त ब्युरो महानिरीक्षकको प्रत्यक्ष कमाण्डमा रहने संयन्त्र हो । सशस्त्र प्रहरीमा एआइजीको नेतृत्वमा कार्य र सीमा विभाग छ । सीमासम्बन्धी सबै मामिला यही विभागअन्तर्गत हुन्छ । त्यसबाहेक सशस्त्र प्रहरी महानिरीक्षक मातहत छुट्टै विशेष ब्युरो पनि छ । राष्ट्रिय अनुसन्धान विभाग देशको प्रमुख जासुसी संयन्त्र हो । नेपाली सेनाको सैनिक विनय महानिर्नेशनालयमार्फत रहेको संयन्त्रले राष्ट्रिय सुरक्षाका विषयमा महत्वपूर्ण कार्यगर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार