माओवादी केन्द्रको प्रदेश अधिवेशन पदाधिकारी छनोट नगरी सम्पन्न
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १७:३९:१२
२९ मंसिर, सुदूरपश्चिम । धनगढीमा जारी नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी मंगलबार राति सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ ।
घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षसहितका नौ पदाधिकारी चयन गरिने सो पार्टीको प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए ।
“प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेर अधिवेशन लम्बिएको भन्ने कुरा गलत हो”, उनले भने, “समावेशी प्रतिनिधि र क्लष्टर मिलाउनु परेको जस्ता प्रक्रिया अपनाउनु पर्दा थोरै लम्बिएको हो ।” प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष भण्डारी, नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरी चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी रहेको बताइएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्न जरुरी छ : प्रचण्ड
माघ ७, २०८१ सोमबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार