नगरपालिकाद्वारा गुठीको जग्गामा भौतिक संरचना निर्माणः स्थानीयको विरोध
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १८:५७:०
सञ्जीतकुमार मण्डल
२९ मंसिर, जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाले गुठी संस्थानका जग्गामा संरचनाहरू निर्माण गरिरहेको पाइएको छ । नगरपालिकाले मटिहानीमा अवस्थित नेपालकै जेठो लक्ष्मीनारायण मठअन्तर्गत स्थानीयस्तरमा रहेका गुठीका करोडौँ मूल्यका जग्गामा गरेको निर्माणले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक संरचना अतिक्रमणमा परेका छन् ।
त्रेता युगमा रामले जानकीसँग विवाह गर्दा मटिहानीमै अवस्थित लक्ष्मीसागरबाट माटो खनेर यज्ञवेदी बनाइएको धर्मग्रन्थमा उल्लेख छ । त्यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदा गुठी संस्थानको अधीन एवं संरक्षणमा छन् ।
मटिहानी मठसँग राजधानी काठमाडौंसहित देशका विभिन्न शहर र स्थानमा एक हजार ती सय बिघा जग्गा रहेकामा सात सय बिघा रैतानमा परिणत भएको तथा बाँकी छ सय बिघा अतिक्रमणको चपेटामा परेको छ । यसका जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा गुठीसँग सहमति लिनुपर्ने, जानकारी दिनुपर्ने र समन्वय गरेर जानुपर्ने कानूनी व्यवस्था भए पनि नगरपालिकाले गुठी, मठ तथा त्यसका संरक्षकसँग स्वीकृति लिएको पाइएको छैन ।
नगरपालिकाले मटिहानी मठको ठीक प्रवेशद्वारमै मठ परिसरभित्रै शौचालय बनाउन लागेको छ । त्यस्तै मिथिला क्षेत्रको महाकुम्भ ‘१५ दिने माध्यमिकी परिक्रमा’का बेला परिक्रमाबासीको तेस्रो दिनको बासस्थानका रूपमा रहेको मटिहानी नगरपालिका–७ परिक्रमा गाछीमा अवस्थित गुठीकै २५/३० बिघा खाली जग्गामा जनप्रतिनिधि र कर्मचारीले अहिले कसैसँग कुनै इजाजत वा सरसल्लाह नै नगरी रंगशाला बनाएको बताइएको छ । घेराबेरा र पर्खाल लगाएर १० बिघा बढी जग्गा अतिक्रमण गरिएको बताइएको । यसले अबका दिनमा परिक्रमाबासीलाई बस्न स्थानको कमी हुने निश्चित छ ।
गुठीकै जग्गामा रहेको झुला घरको छेउमा बिनाइजाजत अर्को विशाल दुर्गा मन्दिर पनि बनाइएको छ । यसले सदियौंँदेखि चलिआएको रामसीता झुला महोत्सवको आकर्षणलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीको भनाइ छ । त्यसैगरी मटिहानी बजार (हटिया) नजिकै रहेको गुठीको बहुमूल्य जग्गामा गुठीसँग कुनै समन्वय नै नगरी जनताका लागि भनेर सार्वजनिक शौचालय बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले गुठीको जग्गा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने जनाउँदै अतिक्रमणको रोकथामको जिम्मेवारी आफ्नो नरहेकाले यसमा गुठीले नै आवश्यक पहल गर्नुपर्ने स्पष्ट गरे। गुठी संस्थान कार्यालय जलेश्वरका निमित्त कार्यालय प्रमुख मीना भट्टराईले भने आफूहरुले कार्यालयबाट पटकपटक त्यस्ता कामकाज रोक्न नगरपालिका र नगर प्रमुखसहित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको र महोत्तरी जिल्ला अदालतमा मुद्दासमेत हालिसकेको जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले विभिन्न स्थानमा विभिन्न योजना निर्माण गरिसकेकाले भिन्दाभिन्दै मुद्दा लगाउने तयारीसमेत भइरहेको छ । उनले भने, ‘हामी कर्मचारी हौँ, पत्रबाट समस्या समाधानका लागि प्रयास गर्छौँ, बल प्रयोग गर्न सक्दैनौँ ।”
नगरपालिकाले मटिहानीमा गुठीका जग्गामा गरिरहेको मनोमानी रोक्न तथा ऐतिहासिक एवं धार्मिक सम्पदाको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका लागि स्थानीय सरोकार पक्षले आग्रह गरेको छ ।
लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथदास वैष्णवले नगरपालिकाका कामकारवाही रोक्न आफूसँग कुनै अधिकार नरहेको जनाउँदै अहिलेका अवस्थामा कतै केही गर्न नसक्ने अवस्थामा रहेको स्पष्ट गरे ।
नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता राजकिशोर मण्डलले गुठीका बहुमूल्य सम्पदा नगरपालिकाद्वारा अतिक्रमण गर्ने मटिहानीका जनप्रतिनिधिमाथि नेपाल सरकार र गुठी संस्थानले आवश्यक कारबाही गर्नुपर्ने माग गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय अगुवा सुनिलकुमार कर्णले पनि विकासका नाउँमा जथाभाबी रुपमा गुठीका ऐतिहासिक सम्पदाको अतिक्रमण गर्नु निन्दनीय भएको जनाउँदै नगरपालिकाको मनोमानी रोक्न केन्द्रीय गुठी संस्थानले तुरुन्त कारवाही गर्नुपर्ने धारणा व्यक्त गरे ।
नागरिक समाजका अमितकुमार साहले विकासको नाममा विनाश गर्नु राम्रो नभएको जनाउँदै गुठीको ऐतिहासिक सम्पदामाथि प्रहार भएकामा रोष प्रकट गरे । समाजसेवी राजेशकुमार कर्ण पनि नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले मटिहानीमा रहेको वषौँ पुरानो गुठीका ऐतिहासिक जग्गामा धमाधम अनधिकृत रूपमा भौतिक संरचना बनाएर सम्पदाको विनाश गरिरहेको आरोप लगाए ।
उपप्रमुख शिवोदेवी साहले नगरपालिकाले गुठीकै जग्गामा मन्दिर, मस्जिद, धर्मशाला, स्वास्थ्यचौकी, अतिथिगृह, वडा कार्यालयलगायत दर्जनौँ योजना बनाएको स्वीकार गर्दै यसमा आपत्ति भएमा गुठी कार्यालय वा सम्बन्धित निकायले समयमै रोक्नुपर्ने बताए ।
अहिले दर्जनौँ योजना निर्माण भइसकेका अवस्थामा गुठी वा अन्य निकायले यसको कुरा उठाउनु ठीक नरहेको उनको भनाइ छ । उनले भने, “गुठीको जग्गा यदि सरकारको हो भने नगरपालिकाले निर्माण गरेको संरचना पनि त सरकारकै हो, यसमा गुठी संस्थानको अहिलेसम्म आपत्ति आएको छैन ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माले सबै निर्माण उपभोक्ता समितिमार्फत भएको तथा गुठीसँग सहमति र समन्वय भएको बताउँदै गुठीलाई आपत्ति भए निर्माण भइरहेकै बेला रोक्न सक्ने स्पष्ट गरे । “त्यतिबेला नरोकेर अहिले गुठी संस्थान वा मान महन्थले सहमति दिएका छैनन् वा समन्वय भएको छैन भन्नुको कुनै अर्थ छैन”, उनले भने ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार