सभापतिका प्रत्यासी डा. शेखर कोइरालालाई एक कांग्रेस कार्यकर्ताको भावुक चिठ्ठी
नेपालबहस संवाददाता
मंसिर २९, २०७८ बुधबार २०:२१:३८
शेखर दाजु, जय नेपाल
दाजु, तपाईंलाई बधाई छ । तपाईंले हाम्रो मन जितेकोमा ।
तपाईंले १४ औं महाधिवेशन जित्नुभएन होला तर ८० प्रतिशतभन्दा बढी आमजनताको विश्वास जित्नुभएको छ । तपाईंको सम्पूर्ण परिवार र समूहका वरिष्ठ नेतादेखि लिएर सिङ्गो पार्टी तपाईंविरुद्ध लाग्दा पनि तपाईंले आफ्नो जनमत कति रहेछ, प्रष्टाइदिनु भो ।
पारिवारिक नेताले अरुको समर्थन जुटाउने बेलामा आफ्नो स्वार्थमा लागे । तपाईंलाई हैसियत सोध्नेहरुलाई पारिवारिक विरासतका आडमा म फलानोको छोरो भन्दै उम्मेदवारी दिएर भोट मागी ब्याज खान खोज्नेहरुको हैसियत देखाइदिनु भो ।
तपाईं पार्टीको एउटा केन्द्रीय सदस्यले, तपाईंका मुख्य प्रतिद्वन्द्वीहरु एउटा वर्तमान सभापति, देशको बहालवाला प्रधानमन्त्री, दुईजना बाबुको बिरासत बोकेका महामन्त्री, उपसभापति भएका, विभिन्न कालखण्डमा पटक पटक मन्त्री, उपप्रधानमन्त्री भएका, सारा स्रोत साधन लाग्दा पनि तपाईंले खेल रोकेर पेनाल्टीसम्म पुर्याउनुभएकै हो । यो मानेमा पनि तपाईंले जित्नुभएकै हो ।
तपाईंले १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई र शशांक कोइरालालाई जति त्याग र गुन लगाउनु भो, त्यसको पुरस्कार ती दुवै दुईजिब्रेबाट तपाईंले अन्तर्घात सहनुपर्यो । ५ वर्षसम्म ढलेको सिन्को नभाच्ने, बूढानीलकण्ठबाट पार्टी सञ्चालन गर्ने, पार्टीको विधि विधानविपरीत कार्य गर्ने सभापतिविरुद्ध तपाईंले एक्लो प्रतिपाद गरी खबरदारी गरिरहनु भो । नाङ्गै हिंड्न खोज्ने नेतृत्वलाई धोतीले ओढाई लाज छोपिदिनुभो ।
केही उद्घाटन र रमझम रमाइलोमा तथा विशेष ठाउँमा मात्रै हिँड्ने नेतृत्व र पदाधिकारीको चरित्रविरुद्ध एउटा कुनै औपचारिक कार्यक्रमबिना नै आफैं फोन गर्दै साथीभाइ, दाजुभाइझैं गरी देशैभरका कुनाकाप्चासम्म पुग्नुभो । तपाईंलाई बस्न, खान कुनै ५ तारे होटल चाहिएन, ब्ल्याक लेबल र ब्लु लेबल चाहिएन । एउटा सामान्य कार्यकर्ताको झुपडीमा अट्नु भो, आटो, ढिँडो, गुन्द्रुक, दही, मोहीले समाजवाद झल्काइदिनु भो ।
दाइ, तपाईंको विचार, तपाईंको उद्देश्य, तपाईंको पार्टीप्रतिको लगाव, कार्यकर्ताहरुप्रतिको व्यवहार र मायाको म ठूलो फ्यान हुँ र सधैं भइरहन सकूँ । आफैंले बोलेको कुरा पूरा गर्न नसक्नेहरु हिजो नेतृत्व परिवर्तन भनेर नारा लगाएर, खुलेआम पार्टी नेतृत्वका विरुद्ध अन्तरवार्ता र भाषण दिँदै हिँडे तर आज आफैंले थुकेको थुक चाटी छाडे ।
दाइ, तपाईंसँगै सभापतिमा उम्मेदवारी दिनेहरुको चरित्र आज आम कार्यकर्तामाझ उदाङ्गो भएको छ । उनीहरुले आफ्ना बाबुको विरासत बेचेर खाए, आफ्नो नैतिकता बेचेर खाए । छोराहरुको कारण बाउको इतिहासमा पनि दाग लगाउने भए । सायद आज स्वर्गलोकबाट पितृहरुले हेरेको भए उनीहरु आफ्ना छोराहरुको यो कर्मले रोइरहेका हुनुपर्छ ।
दाइ, तपाईंले अब चुनाव हारे पनि सम्पूर्ण कर्याकर्ताको मन मुटुमा, आँखाको नानीमा बस्न सफल हुनुभएको छ। तपाईंविरुद्ध सम्पूर्ण शक्ति मोर्चाबन्दी गरेर लाग्दा पनि तपाईं कत्ति डगमगाउनु भएन । तपाईंले हार्दिकताका साथ लिनुभएको अडान र अठोट, अनि हार्छु भन्ने जान्दाजान्दै पनि तपाईंको त्यो उत्साह, धैर्यतामा जुन परिपक्वता देखियो, त्यो निकै लोभलाग्दो थियो । जुन गुण, जो कोहीसँग कहाँ हुन्छ र ?
दाइ, अब सारा दुनियाँ तपाईंविरुद्ध लाग्दा त केही मतान्तरले तपाईं पछि पर्नु भनेको तपाईं पार्टीमा सर्वोच्च नेता हो भन्ने कुरा प्रष्ट हुन्छ ।हिजोसम्म कसैले मलाई तेरो पार्टीको ठूलो नेताको नाम सोध्दा मैले शेरबहादुर र रामचन्द्र भन्ने गर्थें । अब आजबाट शेखर, शेरबहादुर र रामचन्द्र भन्ने बनाउनुभएको छ । यो मैले मात्रै होइन आम ८० प्रतिशत कार्यकर्ताहरुले त्यसै भन्नेछ्न् ।
दाइ, तपाईंले बीपीपुत्र आफ्नै भाइलाई, गिरिजापुत्री आफ्नै बहिनीलाई, महेन्द्रनारायण सुपुत्र, गणेशमान सुपुत्रलाई झूठो लोभलालच, आश्वासन दिन सक्नु भएन । राजनीतिमा आफ्नो नैतिकता, इमानदारिता बेच्न सक्नु भएन । सायद यो गल्ती गरेको भए एकपटक त चुनाव जित्नुहुन्थ्यो होला तर यसरी ८० प्रतिशत आमकार्यकर्ताको मन जित्न सक्नुहुने थिएन ।
आशा छ, बितेको ५ वर्ष पार्टी संगठन र कार्यकर्ताबीच तपाईंको संघर्ष, खटाइ र लगाव थियो, त्यही उmर्जा र उत्साह आगामी दिनमा रहिरहनेछ । अबको समयमा केही भ्रममा परेका र बुझाउन नसकेका, दबावमा परेका, लोभलालचमा फसेका नेता प्रतिनिधिहरुलाई बुझाएर आगामी महाधिवेशनमा दुई तिहाईभन्दा बढी मतले जित्ने वातावरण सिर्जना हुनेछ ।
र अब भन्न पाउनुहुने छैन कि म अब सभापति उठ्दिन । तपाईंको नेतृत्वमा हामीले कांग्रेसको धेरै ठूलो रुपको परिकल्पना गरेका छौं ।
तपाईं आज जसरी डगमगाउनु भएको छैन, भोलिका दिनमा पनि त्यो निरन्तरता रहिरहनेछ । पार्टी नेतृत्वको गलत प्रवृत्तिविरुद्ध खबरदारी गरिरहनु हुनेछ । पार्टीको हित र संगठनका निमित्त आफ्नो यो जोसजाँगरमा कमी आउन दिनुहुने छैन । आफ्ना आमकार्यकर्तालाई निराश बनाउनु हुनेछैन भन्नेमा हामी निश्चिन्त छौं । तपाईंसँग सधैं साथमा रहिरहनेछौं ।
जय नेपाल
नेपाली कांग्रेसको कार्यकर्ता
ध्रुव शर्मा, पुतलीबजार -३ स्याङ्जा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रतिनिधिस भाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार