उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी
सरला बैजु
मंसिर २९, २०७८ बिहिबार ३:२४:५६
२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ ।
सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृतिविसंगति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार