३५५८ मत गन्दा उपसभापतिमा खड्का र गुरुङको अग्रता कायमै
सरला बैजु
मंसिर २९, २०७८ बिहिबार ४:२९:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhanraj1639577865_yEP3osxWYq.jpg)
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदतर्फ अहिलेसम्म ३५५८ मत गनिएको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्मको मत परिणामअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ । खड्काले १६३४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका धनराज गुरुङले १४३७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १४४३ र चौथो स्थानमा चन्द्र भण्डारीले १२५७ रहेका मत ल्याएका छन् । गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् ।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन् । उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्यले ४१३ प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाताले कोइराला ४३८ र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाहले १७२ प्रतिस्पर्धामा धेरै पछाडि छन्।
सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार