एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित, विवाद समाधान गर्न सदस्यीय समिति गठन
नेपालबहस संवाददाता
पुस १, २०७८ बिहिबार १६:४६:१०
♦ मन्दिप केसी
१ पुस, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तेस्रो पटक स्थगित भएकोछ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ ।
यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।
जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेको छैन ।
प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।
दुई तिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् ।
निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो ।
विवाद समाधान गर्न समिति
निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
मंसिर १२, २०८१ बुधबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार