यी आठ विकास बैंकले अझै गरेनन लाभांश घोषणा, तीनको बुक क्लोज हुन बाँकी
नेपालबहस संवाददाता
पुस १, २०७८ बिहिबार २३:२३:४५
१ पुस, काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्येमा आठ विकास बैंकले लाभांश घोषणा गरेको छ । हालसम्म महालक्ष्मी, ज्योति, मितेरी, मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।
हालसम्म सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका छैनन् ।
हालसम्म लाभांश घोषणा गरेका ८ विकास बैंकमध्येमा महालक्ष्मी, ज्योति र मितेरी डेभलपमेन्ट बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको छ।
लगानीकर्ताले उक्त शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् । विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै लाभांश घोषणा देखिएको छ। यो बैंकले कुल १९ दशमल ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८ दशमलव ५ प्रतिशत बोनस र ० दशमलव ९७ प्रतिशत नगद लाभांश छन्।
मुक्तिनाथ विकास बैंकले कुल १८ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ दशमलव ५७५ प्रतिशत बोनस र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
यसैगरी लुम्बिनी विकास बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
सांग्रिलाले १० प्रतिशत बोनस र ० दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।शाइन रेसुंगाले १० दशमलव ९३ प्रतिशत बोनस र ० दशमलव ५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार