थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन
नेपालबहस संवाददाता
पुस २, २०७८ शुक्रबार २०:७:५३
२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै १ विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजिएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।
सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन्।
यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटिजिएस प्रणाली सञ्चालनमा आइसकेका छन्। आरटीजीएस प्रणालीमा रहेका बैंकरवित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटिजिएस सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणाली मार्फत् रु २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागिप्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधाप्रदानगर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गर्न कनेक्ट आरटिजिएस प्रदान गरेको हो । आरटीजीएस प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकर पनि उल्लेखय बृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार