उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनाव फेरि प्रत्यक्ष गर्न प्रस्ताव
नेपालबहस संवाददाता
पुस २, २०७८ शुक्रबार २२:२२:१७
१ पुस, काठमाडौं । निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षको छनोट फेरि प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ ।
महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासंघको विद्यमान विधान संशोधनको मस्यौदामा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने वर्तमान प्रावधान हटाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने प्रस्ताव गरिएको हो ।
हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै स्वतः अर्को कार्यकालको लागि अध्यक्ष बन्ने प्रावधान छ । प्रस्तावित विधान महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट पारित भएमात्र विधान कार्यान्वयन हुनेछ । यद्यपि हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार