सहमहामन्त्रीमा देउवा पक्षका ६ र शेखर पक्षका २ जना निर्वाचित, केन्द्रीय सदस्यको मतगणना आजै राति हुने
नेपालबहस संवाददाता
पुस २, २०७८ शुक्रबार २३:३४:५४
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।
सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।
बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार बिहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार साँझ प्राप्त मतपरिणाम अनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खसआर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए । यी सबै देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए । कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार