नेशनल लाईफ इन्स्योरेन्सले संचालनमा ल्यायो जीवन श्री सावधिक अमृत बीमालेख

नेपालबहस संवाददाता
पुस २, २०७८ शुक्रबार २३:३७:४

२ पुस, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् ।
बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने र यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने संग संगै वचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जानेको छ ।
आफ्नो आय श्रोत अनुसार ५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ । यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ । मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ ।
जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त रहेको जानेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार