कामना सेवाद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण
नेपालबहस संवाददाता
पुस ४, २०७८ आइतबार १७:१७:१०
४ पुस, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण गरेको छ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बैंकले उक्त जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको बैंकका इन्चार्ज प्रशन्न श्रेष्ठले जानकारी दिए ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै, हस्तान्तरण कार्यक्रम पछि बैंकका सञ्चालक सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिनबहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका छन् ।
उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ । बैंकका सञ्चालक सुवेदीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरीप्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालय, लगायत सबैलाई धन्यवाद दिंदै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिनबहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको र यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धता जनाए ।
यसै गरी वडा नंं. ३० का वडा अध्यक्ष कार्कीले बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक पोष्टर तथा शाइनबोर्डहरु वितरण गरी समाजको लागि अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुको तर्फबाट विशेष धन्यवाद व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार