नेशनल लाईफद्वारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
पुस ४, २०७८ आइतबार २१:३२:४३
४ पुस, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम गरेको छ । कम्पनीले पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरेकी हुन् ।
उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।
यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय हुनु भएको थियो । यसै गरी अभिकर्ता सन्जालको आधारमा श्रीमती निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्य लक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशै भरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।
उनले कम्पनीको हालसम्मको समग्र वित्तिय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरे ।
कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले एक नँया बीमालेख जीवन सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो नँया बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउदै कम्पनीको व्यवसायिक उचाई अझ नँया ठाँउमा पु¥याउने प्रतिबद्धता व्यक्त भएका थिए । उपस्थित लिडरहरुको कार्यक्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डिया स्थित सुप्रसिद्ध प्रशिक्षक विजय कुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार