म्यानमारको सेनाले फेरि गर्यो सर्वसाधारणको नरसंहार
नेपालबहस संवाददाता
पुस ५, २०७८ सोमबार १६:५८:३५
♦एजेन्सी
५ पुस, म्यानमार । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ ।
सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो ।
विपक्षीहरुको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । यी गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ ।
सेनाले चरम यातना दिएर सर्वसाधारणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने ।
गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार