चिसोबाट जोगाउने तातोपानी कुण्ड महिलाका लागि असुरक्षित
नेपालबहस संवाददाता
पुस ५, २०७८ सोमबार २१:४९:४४
दिलमाया शाही
५ पुस, जुम्ला । जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने मौसम विभागको पूर्वानुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।
बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ ।
जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ । तातोपानी धारामा नुहाएको जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए ।\
उनले भने, ‘एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।’ यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, ‘जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्कादा बाहिरका मानिससमेत आउने गरेका छन् ।’
नशासम्बन्धी समस्या भएका धेरै आउँछन्
सिंजा गाउँपालिका-१ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।
महिलाका लागि असुरक्षित
नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएको चन्दननाथ नगरपालिका(५ की सुस्मिता कठायतले बताइन । उनले भनिन्, नुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।’ गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएको उनको भनाइ ।
तातोपानी गाउँपालिकाको दुई वटा धारा थपेर केही फराकिलो भने बनाएको बताएको छ । एक ठाउँमा महिला र आर्को ठाउँमा पुरुषका लागि बनाएको हो । तर व्यवस्थापन राम्रो हुन भने सकेको छैन । पालिकाले ६० लाख खर्चर शौचालय, पार्क र धारा निर्माण गरेको भए पनि व्यवस्थापना राम्रो भएको छैन । टिकट काट्ने सिस्टम गरेपनि सुरक्षा बारे समितिले नसोचेको हरिबहादुर बुढाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार