गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
नेपालबहस संवाददाता
पुस ५, २०७८ सोमबार २२:५२:१०
५ पुस, काठमाडौं । गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ९ अंक योगदान गरे । प्रयुश श्रेष्ठको ७ अंक सहयोगमा अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७-१५ ले हरायो ।
एक्सेल ग्लोबल सर्भिसेसको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सोही विधामा सेन्ट जेभियर्स र जेभियर इन्टरनेसनल ‘ए’ पनि सेमिफाइनलमा पुगे । सेन्ट जेभियर्सले कसमसमाथि २०(१७ को जित दर्ता गर्यो । सेन्ट जेभियर्सका दिप्सन केसीले १२ स्कोर गरे । जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८–१३ ले पाखा लगायो । विजेताका निकेश मगरले ८ अंक जोडे ।
सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ संग हुनेछ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ । प्लस टुतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल अक्सब्रिज र टाइम्स तथा नवोदित र रुकिजबीच हुनेछ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार