कांग्रेसमा नयाँ नेतृत्वको अनिवार्य जिम्मेवारी
इन्द्र रिजाल
पुस ६, २०७८ मंगलबार २०:४४:७
सातपटक घोषित मिति सार्दै गएर आखिरमा मिति सार्न नमिल्ने भएपछि नेपाली कांग्रेसको चौधौं महाधिवेशन गर्न एकप्रकारले कांग्रेस नेतृत्व बाध्य भयो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दिमागमा पराजयको भूत हावी भएपछि अभुतपूर्व रुपमा पार्टीको महाधिवेशनको मिति सातौंं पटकसम्म सार्नु नै पराजित मानसिकताको द्योतक थियाे । तथापि देश र दुनियाँमा कांग्रेसको यो महाधिवेशनलाई विशेष चासो र चाखका साथ हेरिएको थियो ।
दक्षिण एशियाका ज्येष्ट प्रजातान्त्रिक राजनीतिक दलहरूमध्येको एक, कांग्रेसमाथि नयाँ जिम्मेवारी र विरासतका अभिभारा पनि त्यति नै छन् । ‘छिपछिपे ज्ञान र टालटुले समाधान’ ले अबका अभिभारा पूरा गर्न सकिन्न । विगतमा संस्थागत पद्धतिको मूल्यमा देखापरेका अनेक अबाञ्छित व्यक्तिवादी गुट–उपगुट तथा सानो सिन्डिकेटको निर्णय लादने प्रवृत्तिलाई पूर्णतया मेटाउन नवनिर्वाचित नेतृत्व सफल हुनसक्छ कि सक्दैन ? यसैमा लोकतन्त्रको भविष्य पनि गाँसिएको छ ।
चौधौं महाधिवेशनमा निर्वाचनको क्रममा कतिपय विश्वासघाती गतिविधि देख्नु भोग्नु नपरेको होइन, जसलाई अनदेखा गर्नु हुँदैन । यहाँ नीतिगत मतभेद छैन, ‘नेतागत मतभेद’ को महत्व पनि छैन । वादको विवाद पनि होइन, मुलुक र जनताले परिवर्तनको खुशीयाली महसुस गर्न पाउनुपर्ने नैसर्गिक हकलाई सार्थक बनाउने हाम्रो अनिवार्य कर्तब्यको प्रश्न प्राथमिकतामा छ । त्यसैले वर्तमान नेतृत्वको बाटो निश्चित रूपमा चुनौतिरहित, सरल र सुगम छैन ।
पार्टीको बाह्रौं महाधिवेशन सम्पन्न भएपछि विगत १० वर्षमा नेतृत्वले लादेका अनेकौं दुर्गन्धित विकृति र तल्लो स्तरका असंगति देखापरे । तर त्यसैका चिन्ता र दोषारोपणमा अबको अमूल्य समय खेर फाल्नु हुँदैन । तर चौधौं महाधिवेशनमा निर्वाचनको क्रममा कतिपय विश्वासघाती गतिविधि देख्नु भोग्नु नपरेको होइन, जसलाई अनदेखा गर्नु हुँदैन । यहाँ नीतिगत मतभेद छैन, ‘नेतागत मतभेद’ को महत्व पनि छैन । वादको विवाद पनि होइन, मुलुक र जनताले परिवर्तनको खुशीयाली महसुस गर्न पाउनुपर्ने नैसर्गिक हकलाई सार्थक बनाउने हाम्रो अनिवार्य कर्तब्यको प्रश्न प्राथमिकतामा छ । त्यसैले वर्तमान नेतृत्वको बाटो निश्चित रूपमा चुनौतिरहित, सरल र सुगम छैन ।
पार्टीको तल्लो तह र मतदाता स्तरसम्म आशा र अपेक्षा बढेका छन् । पार्टीमा आन्तरिक लोकतन्त्र, संस्थागत कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीप्रति समर्पित भएर सक्रिय रहेका निष्ठावान कार्यकर्ताहरूको न्यायोचित मूल्याङ्कनको परिपाटी बसाल्नुपर्ने, पार्टीका आधारभूत सिद्धान्त तथा नीतिलाई पुनःस्थापित गर्ने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएकोले मोलाहिजा नगरी इमान्दारीपूर्वक कार्यान्वयन गर्ने अनिवार्य कर्तब्य छ । विगत ९–१० वर्षदेखि थाति रहेका सबै भातृ संस्थाहरूका अधिवेशन यथाशिघ्र सम्पन्न गर्नुपर्ने नेतृत्वको अनिवार्य जिम्मेवारी हो ।
पार्टीभित्र ‘परिक्रमा’मा होइन, पराक्रममा विश्वास राखेर अनुशासनका साथ क्रियाशील हुने कार्यकर्ताको न्यायोचित मूल्याङ्कन एवं नेतृत्वबाट कसैलाई पनि काखा वा पाखा नगर्ने प्रतिबद्धताले कांग्रेसमा पुनर्जागरणको युग आउँछ ।
लोकतन्त्रमा सर्वोपरि कुरा विचार हुँदाहुँदै पनि नेपाली कांग्रेस यदाकदा वैचारिक रूपमा अन्यौलग्रस्त बनेको वा लघुताभासको स्थितिलाई पनि अब पूर्णतया हटाउनै पर्छ । विरोधाभासी मानसिकता, बासी विचार, नसुध्रेको स्वभाव, यथास्थितिवादी प्रवृत्तिबाट कसैको पनि भलाइ सम्भव छैन । गाउँस्तरसम्मकै कार्यकर्तामा प्रशिक्षण अभियान, कार्यक्रमका साथ पार्टीलाई बाह्रै महिना सु-सञ्चालन, विचार र अनुशासित बहसका आधारमा पार्टीको क्रियाशीलता, जनताका साझा आवश्यकता नै पार्टीको कार्यसूची बन्नुपर्ने तरिकाबाट नीतिगत अन्योल, विरोधाभास र लघुताभास हटेर जान्छ ।
पार्टीभित्र ‘परिक्रमा’मा होइन, पराक्रममा विश्वास राखेर अनुशासनका साथ क्रियाशील हुने कार्यकर्ताको न्यायोचित मूल्याङ्कन एवं नेतृत्वबाट कसैलाई पनि काखा वा पाखा नगर्ने प्रतिबद्धताले कांग्रेसमा पुनर्जागरणको युग आउँछ । समाजका सम्पूर्ण, खासगरी संकटापन्न वर्ग वा समुदायलाई नाराको भुलभुलैयामा अल्मल्याउने वा भोट बैंक बनाउने होइन, पार्टी केबल निरिह कृपापात्र पनि होइन, नीति निर्माणका हर क्षेत्रमा सक्रिय सहभागिता तथा संयोजन गराउँदै समग्र राष्ट्रिय अभियानको दिशामा कांग्रेसकाे वर्तमान नेतृत्व सक्षम हुनु जरूरी छ ।
नयाँ पुस्तामा सहज र स्वाभाविक रुपमा देखिएको क्रान्ति, परिवर्तन, आर्थिक–सामाजिक रूपान्तरणको अनिवार्य आवश्यकता एवं समाजवादी सोचको कदर गर्दै लोकतान्त्रिक समाजवादलाई नेपाली समाजको जीवनउपयोगी साधन बनाउने दिशामा वर्तमान नेतृत्वले प्राथमिकता दिनु आवश्यक छ । गरिबीबाट पीडित र ग्रामीणहरूको बाहुल्यता भएको नेपाली समाजका लागि आस्था र आकर्षण, आर्थिक–सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको स्रोत वा आधार नै लोकतान्त्रिक समाजवाद हो । आर्थिक–सामाजिक रूपान्तरणमा नौलो फड्को वर्तमान नेपाली समाजले खोजिरहेको छ ।
यस्तो राष्ट्रिय परिस्थितिमा कांग्रेसले सुशासनका लागि दण्डहिनता र भ्रष्टाचारबिरूद्धको अभियान हाँक्नुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस खरो उत्रिन सक्यो भनेमात्र उसको लागि सफलताका अरु बाटाहरू खुल्नेछन् ।
गाउँमा रहेका सुकुम्बासी, साना वा मध्यम किसान तथा असङ्गठित मजदूर र शहर तथा औद्योगिक क्षेत्रमा सङ्गठित श्रमजीवी मजदूरका साथै विभिन्न हिंसाबाट पीडित महिला, दलित, जनजाति र मधेशका मामिला लगायत बेरोजगार युवाका साझा समस्या वा मामिलालाई आफ्नो कार्यसूची बनाएर पार्टी क्रियाशील हुनु आवश्यक छ । नेपालले कमारा–कमारीको बेचबिखन करीब सय वर्षअघि नै अन्त्य गरेको हो, तर आज आएर वैदेशिक रोजगारीका नाममा ‘घरेलु कामदार’ निर्यात गर्ने कार्यले के सय वर्षअघिको परिपाटीलाई बल्झाएको छैन र ? के यो अवस्था गलत आर्थिक र सामाजिक नीतिको परिणाम होइन र ?
विदेशमा कार्यरत नेपालीहरूका समस्याका बारेमा कम से कम हामीले एजेन्डा बनाएर ध्यान दिनैपर्छ । विगतमा खुला अर्थतन्त्रका नाममा उपेक्षा, तिरस्कार र बञ्चितीकरणमा परेका सीमान्तीकृत समुदायलाई बिर्सेर हामीले अपनाएका गलत आर्थिक ढाँचाको परिणामस्वरूप आजका कतिपय विकृति, असंगति र कमजोरी उत्पन्न भएको तीतो यथार्थलाई आत्मसात गर्दै विगतका कमजोरी र गल्ती सच्याउँदै सामाजिक न्याय, सुरक्षा, समावेशी प्रजातान्त्रिक समाजवादी नीतिमा केन्द्रित गर्नु आगामी नेतृत्वको प्रमुख जिम्मेवारी हो ।
उपरोक्त यथार्थमा आधारित कार्यभारलाई सफल बनाउन, पार्टीलाई प्रतिक्रियात्मक होइन राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रक्रियाका लागि युगानुकूल गतिशीलतामा अगाडि बढाउन र पार्टीभित्र गुट र फुटको प्रतिकुल वातावरणको पूर्ण अन्त्य गरी आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै आत्मीय एकता, सद्भाव र भाईचाराको विकास गर्न वर्तमान नेतृत्वले कुनै बहाना नबनाई समर्पित भएर लाग्नुपर्छ । यस्तो राष्ट्रिय परिस्थितिमा कांग्रेसले सुशासनका लागि दण्डहिनता र भ्रष्टाचारबिरूद्धको अभियान हाँक्नुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा कांग्रेस खरो उत्रिन सक्यो भनेमात्र उसको लागि सफलताका अरु बाटाहरू खुल्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
बीपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार