विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म !
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार १८:३३:१३
६ पुस, न्युयोर्क । अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ । अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ ।
फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी र उनका ३४ वर्षीय पति किटिङ कारमा यात्रा गरिरहेका बेला अकस्मात शेरीलाई सुत्केरी बेथा लाग्यो । दुर्भाग्यवश, त्यही बेला उनीहरु ट्राफिक जाममा परे ।
यात्राकै समयमा बीच बाटोमा सुत्केरी व्यथा लागेपछि र जाममा परेपछि उनीहरुलाई लाग्यो अब समयमै अस्पताल पुगिदैन् । तसर्थ उनीहरुले गाडिलाइ अटोपाइलट मोडमा राख्ने निधो गरे ।
उनीहरु फसेको स्थानबाट २० मिनेटको दूरीमा अस्पताल थियो । त्यसपछि किटिङले प्रसुतिका लागि श्रीमतिलाई सहयोग गरे । ‘उनले मेरो हात जोडले समाएकी थिइन् । मैले उनलाई आफ्नो सासमा ध्यान दिन आग्रह गरे, ताकी उनी शान्त रहुन,’ केटरिङले भने ।
केही समयमा नै उनले गाडीभित्रै शिशु जन्माइन् । उनीहरुले बच्चाको सालनाल पनि गाडिभित्रै काटे । अटोपाइलट मोडमा रहेको गाडी त्यतिबेलासम्म अस्पतालमा पुगिसकेको थियो ।
दम्पत्तीले आफूहरुको भोगेको समस्या सुन्दा अस्पतालका कर्मचारी पनि दंग परेका थिए । लगत्तै एक कर्मचारीले भने, ‘टेस्ला बेबी’ भनेका थिए । चिकित्सकहरुले बच्चा स्वस्थ भएको जानाकारी दिएपछि यो दम्पती खुसीले फुरुङ्ङ भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार