शान्तिको जीवनमा फेरि अशान्ति, अब गरिखानै गाह्रो !
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार १८:४६:२१
♦ विशाल बस्नेत
६ पुस, महोत्तरी । धनुषाकी शान्ति क्यापछाकी बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन । क्रसर व्यवसायी र ट्याक्टरले खुलम्खुला उठाउँदै गरेको नदीजन्य बस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाइ सम्झन्छिन् र भावुक बन्छिन् । नदीको किनारमा गएर बालुवा चाल्दै दैनिक जीविकोपार्जन गर्न शान्तिको लागि रातुको किनार सबथोक हो ।
यही किनारको वरिपरि बाढीले थुप्रो बनाएका बालुवाका ढिस्का फुटाएर उनले ३० वर्ष गुजारिन् । बालुवा चालेर नै छोराछोरीको भविष्य बनाइन् । चार छोराछोरीलाई भनेजस्तो विषय पढाउन नसके पनि सरकारी विद्यालयमा पढाएरै शिक्षित बनाइन् ।
केही वर्षअगाडि शान्तिलाई बालुवाको अर्डर लिएर भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले किनारका छेउछाउमा बाक्लै खुलेका क्रसर उद्योगहरूले बालुवा चाल्ने पेसालाई विस्थापन गरिदिने अवस्था सिर्जना भएको छ ।
‘अब गरिखान साह्रै गाह्रो छ । सबै किनबेच अहिले त क्रसर उद्योगवाट नै हुन्छ,’ उनले भनिन् । नदी किनारमा बालुवा चाल्दाचाल्दै शान्तिका श्रीमानले ज्यान गुमाए । बालुवा चालेर गुजारा गर्नु उनको परिवारको लागि पुर्ख्यौली पेसा जस्तै बन्यो ।
किनारमा मापदण्डविपरीत खुलेका कयौँ क्रसर उद्योग छन् । राजमार्ग र नदीको किनारबाट जति दूरीमा क्रसर खोल्नुपर्ने प्रावधान छ, त्यसलाई खुलमखुला धज्जी उडाउँदै दैनिक सयौ ट्याक्टर नदीका किनारबाट बालुवा तथा नदीजन्य बस्तुको दोहन भइरहेको छ ।
क्रसर कै चपेटामा परेर शान्तिलाई हिजोआज बालुवा चालेर जीविकोपार्जन गर्न निकै कठिन छ । ‘पहिला त क्रसरहरू थिएनन् । तर, अहिले बाक्लै खुलेका क्रसरहरूले रोजीरोटी नै बन्द गराउलान् जस्तो छ,’ उनी भन्छिन् ।
रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तीको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ । छ्यापछ्याप्ती नदीजन्य बस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् । २, ४ जना मजदुर ल्याएर बेल्चाले उठाएर क्षणभरमा नै एक टिप बनाएर ट्याक्टरहरू ओहोरदोहोर गरेको शान्तिहरू साक्षी बन्छन् । तर, निरीह हुनुको विकल्प पनि त छैन । के पो गर्न सकिन्छ र रु शान्ति प्रतिप्रश्न गर्छिन् ।
शान्तिले अहिले पनि बालुवा चाल्ने आफ्नो दैनिकीलाई निरन्तरता दिएकै छन् । दुःख गरेर चालेको बालुवामा कोही आएर भाउमा नै बार्गेनिङ गर्दा भने शान्तिलाई दुःख लागेर आउँछ ।
कहिलेकाहीँ शान्ति पहिला र अहिलेलाई तुलना गर्दै भावुक हुन्छिन् । ‘पहिले महंगी थिएन, व्यापार पनि थियो । तर, अहिले त्यो समय रहेन,’ उनी भन्छिन्, ‘तै पनि दिनभरि नदी किनारमा बसेर बालुवा चाल्ने कर्मलाई निरन्तरता दिइरहेको छु । दुई, चार दिनमा कोही–कोही आउँछन र लिएर जान्छन् ।’
शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाइ बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको अँखा लाग्दैन । ‘हामी किनारमा बसेर चार दिन लगाएर एक ट्याक्टर बालुवा चाल्छौँ, तै पनि स्थानीय प्रशासन अँखा लगाउँछन बडो अचम्म लाग्छ,’ उनले भनिन् ।
हुन त शान्तिलाई नदीको किनारमा बाक्लै खुलेका क्रसरहरूले नदीजन्य बस्तुको उत्तखनन गर्दा नियमविपरीत हुन्छ कि नियमसंगत हुन्छ, थाहा छैन उनलाई । तर, यतिमात्र थाहा छ कि क्रसरहरूले नै शान्तिको व्यवसाय ठप्प बनाए, रोजीरोटी र जीविकोपार्जनमा समस्या बने ।
योसँगै वर्षायाममा नदीको भेलले ३ महिना काम नै ठप्प हुन्छ । ‘वर्षायमा लागेपछि अरुको बनिबुथो गर्न जान्छु अनि बिहान–बेलुकाको छाक टार्छौँ’, शान्ति भन्छिन् ।
अहिले रातु नदीको किनारमा ५० को हाराहारीमा क्रसर उद्योग छन् भने बालुवा चालेर जीविकोपार्जन गर्नेहरूको संख्या पनि अधिक छ । विशेषगरि धनुषाको मिथिला, महोत्तरीको बर्दिबासजस्ता ठाउँका कयौँ सर्वसाधारणहरूको जीविकोपार्जन अझै रातु नदीले धानिरहेको छ । तर, जीविकोपार्जनको दायरा साँघुरिँदै गएपछि शान्तिजस्तै कयौँले पेसाको विकल्प रोजिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार