कस्तो छ तपाईको आजको राशीफल ?
ज्योतिषी: गणेश काफ्ले
पुस ७, २०७८ बुधबार ११:२२:१३
वि.सं.२०७८ साल पौष ०७ गते । बुधबार । ईश्वी सन् २०२१ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–तृतीया, दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–तिष्य, बेलुकी ११ बजेर ०९ मिनेट उप्रान्त अश्लेषा । योग–ऐन्द्र, बिहान ११ बजेर २६ मिनेट उपान्त वैधृति । करण–भद्रा, दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त बव, रातको ०३ बजेर ०९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ५० पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मायाप्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो‘:- पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग बिवाद बढ्ने योग रहेको छ । कुनै पनी काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अबिश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरि व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । मायाप्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यवहार गर्नुपर्नेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । मायाप्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुनेछन् ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको मायाप्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाईलेखाईमा समय दिए पनि भनेजस्तो उपलब्धी हासिल नहुन सक्छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पती हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पती तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार