बि–जी च्याम्पियनसिपमा सहभागी हुन कराते टोली बंगलादेश जाने
नेपालबहस संवाददाता
पुस ७, २०७८ बुधबार २२:२३:३१
७ पुस, काठमाडौं । बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ ।
बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन ‘६५ केजी’, धेजेन डोल्मा तामाङ ‘४५ केजीं’, ग्याल्मो सोमिका लामा ‘३५ केजी’, युरोदिश रोका ‘६० केजी’, पासाङ्ग तामाङ ‘७० केजीं’, रविन्द्र कुँवर ‘खुला’ तथा उमेश भण्डारी ‘५५ केजी’ रहेका छन् ।
यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेश लाल श्रेष्ठ छन् । मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ । टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नुपर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामनासहित बिदाइ गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार