अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम के-के हुन् ?
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १२:३५:३४
८ पुस, काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।
बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे ।
अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम
तरलता समस्याका लागि
चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू. २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु.६९ अर्ब, रिपो मार्फत रू. २२० अर्ब र सोझै खरिद मार्फत रू. २७ अर्ब प्रवाह भएको ।
कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।
पुनर्कर्जा सुविधा उपलब्ध गराइएको ‘चालु आ.व. को हालसम्म रू. ९२ अर्ब स्वीकृत’
नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।
व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।
शोधनान्तर घाटाको सम्बन्धमा
चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।
केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था ।
वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान ।
गैर आवसिय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खाल्न सक्ने व्यवस्था
वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौति
अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरिएको ।
विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।
ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।
अन्तर्राष्ट्रिय मुद्रा कोनसंग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार