श्री इन्भेष्टमेन्टको बुक क्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १६:७:४
![](https://nepalbahas.prixacdn.net/media/albums/book-close_sFjqRyTRFd.jpg)
८ पुस, काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले वार्षिक साधारण सभा पुस २९ गते डाकेको छ । सभामा ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश लाभांश दिन लागेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छन् । सभाको प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्दैछ । पुस २१ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेष्ट फाइनान्सको ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा
माघ ११, २०८१ शुक्रबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
फरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने
असोज १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार