फाइट एण्ड फुरी २ को गीत सार्वजनिक

नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १९:२३:१५

८ पुस, काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि. केसीको हलिउड मुभी ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक गरिएको छ।
सन्नी बि केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। राजधानी काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘भ्लतभच तजभ म्चबनयल’मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘फाइट एण्ड फुरी २’ मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नीले बताए ।
कार्यक्रममा बोल्दै शन्नी बिले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरि रहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफुले तयारी गरिरहेको बताए। कार्यक्रममा बोल्दै पुर्व डीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा बताए।
शन्नी बि कलेज पढ्दा देखि नै चलचित्रमा रुचि राख्ने गर्थे उनि ब्रुस्लीको फिल्म हेरेर एक्सन गर्ने गर्थे मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुसि लागेको खरेलले बताए।
शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्। एक्सन जनराको मुभि ‘फाइट एण्ड फुरी २ु मा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए।
बलिउडका चर्चित कलाकारहरु जस्तै गोबिन्दा,मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि।केसीले केहि बर्ष अघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए।
हिन्दि फिल्म जाहवाज,गैरकानुनी,प्यार कर के देखो,हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म ‘Fight of Fury’ प्रदर्शन भई सकेको छ।
‘फाइट एण्ड फुरी २’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइम संगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाशिवरात्रिमा बबिना भट्टराईको 'जय जय शम्भु ' भजन सार्वजनिक (भिडियो सहित)
फागुन १४, २०८१ बुधबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
कालिम्पोङ र फिदिम पछि सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य
फागुन १, २०८१ बिहिबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार