शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १९:४३:४७
८ पुस, बैतडी । शुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियमविपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ । पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ ।
प्रवेश परीक्षा, अन्तिम परीक्षा, रजिस्टेसन शुल्क वृद्धि फिर्ता हुनुपर्ने, नियम विपरीत भर्ना गरिएका प्राध्यापक कर्मचारीलाई हटाई विज्ञापनमार्फत भर्ना गर्नुपर्ने, केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरुमा ३० प्रतिशत छात्रवृति अनिवार्य गरिनुपर्ने, नियमविपरीत गरिएका नियुक्ति फिर्तालगायतका मागहरु अघि सारिएको छ ।
त्यसैगरी सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा खोलिएका नयाँ विषय तथा कार्यक्रममा दक्ष प्राध्यापकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुँदे ज्ञापनपत्र बुझाएको अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य खेमराज अवस्थीले बताए । नियमविपरीत गरिएका निर्णयहरु यथाशिघ्र खारेज नभए कडा अन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार