कालीकोटका सबै पालिका सडक सञ्जालमा
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २१:२१:२९
८ पुस, सुर्खेत । कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालले जोडिएको हुन् ।
जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जालले जोडिएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताइन् । ‘हाम्रो नगरका पनि सबै वडा सडक सञ्चालमा जोडिएका छन्,’ उनले भनिन्, ‘मूल सडक कालोपत्रे हुँदैछ ।’
खाडाचक्र नगरपालिकामा पनि ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया बिष्टले जानकारी दिए । ‘स्थानीय सरकार बनेपछि हामीले सबै वडामा सडक पुर्याएका छौं ।’ उनले भने, ‘सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।’ यस्तै, तिलागुफा नगरपालिकाका ११ वटै वडा सडक सञ्जालले जोडिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।
सान्त्री त्रिवेणी गाउँपालिका नौवटै वडा, पलाँता गाउँपालिकाका नौवटै वडा, पचालझरना गाउँपालिका नौ वटै वडामा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौ वटामध्ये पाँच वटा वडा सडक सञ्जालले जोडिएको र चार वटा वडामा यसै आर्थिक वर्षमा सडक सञ्जालले जोडिसक्ने त्यसका लागि धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।
उनका अनुसार वडा नम्बर ८ र ९ लालु, वडा, १, २ र ३ कोटबाडा–कुमालगाउँ सडकले जोडिएको, वडा नम्बर ४, ५ को रुप्सा र वडा नम्बर ६, ७ को माल्कोटमा सडक सञ्जालमा जोडिन बाँकी रहेको छ ।
शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही वडाबाहेक अन्य वडा सडक सञ्जालले जोडिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षमा सबै वडामा सडक पुर्याउने लक्ष्य रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार