कांग्रेस नेतृत्व डा. शेखरको एजेण्डातर्फ मोडिने संकेत
यज्ञप्रसाद भट्टराई
पुस ८, २०७८ बिहिबार २२:१६:२४
८ पुस, काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिबेशन धेरै लामो रस्साकस्सी र धेरै लामो प्रतिक्षा पछि सम्पन्न भएको छ । पार्टी सभापतिको मतगणना पछि फेरी पनि शेरबहादुर देउवाले नेपाली कांग्रैसको बागडोर सम्हाल्ने बैधानिक अधिकार प्राप्त गरेका छन् भने नेपाली कांग्रेस अबैधानिक हुनबाट समेत जोगिएको छ ।
नेपाली कांग्रेसको लामो नेतृत्व सम्हाली सकेका बर्तमान नव निर्वाचित सभापति शेर बहादुर देउवालाई अबको नेतृत्व हाँक्न भने त्यति सहज र सजिलो भने पक्कै पनि छैन ।
बिगतमा आफ्नै गुटलाई नेतृत्वमा आसिन गराएर एकलौटी पार्टी सञ्चालन गर्न अभ्यस्त देउवालाई चौधौँ महाधिबेशनबाट नेतृत्वमा उदाएका युवाहरु र उनिहरुमा देश र जनता प्रतिको जिम्मेबारीले बिगतमा झै नेतृत्वलाई एकलौटी र मनमौजी काम गर्न देला भन्ने कसैले पनि अनुमान गरेका छैनन।
नेपाली कांग्रेसको चौधौँ महाधिबेशन युवाहरुका लागि बरदान साबित भएको छ भने युवाहरुले कसरी जिम्मेबारी सम्हाल्लान भन्ने अर्को गहन प्रश्न चिन्ह पनि खडा गरिदिएको छ । भाषण गर्न र नेतृत्वमा रहेर काम गर्नमा फरक पर्ने भएकोले पनि अब युवा नेतृत्वले अत्यन्तै सजगताका साथ आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नु पर्ने कुरामा ध्यान पुर्याउने नै छ भन्ने आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अपेक्षा गरेका छन् ।
देशमा प्रजातन्त्र र लोकतन्त्र आएको दशकौँ बितिसक्दा पनि युवा केन्द्रीत राजनीति स्थापित हुन नसकेको नेपाली कांग्रेसमा अहिले भने नेतृत्व तहमा युवाहरुको बाढी नै आएको छ । यसले पार्टी भित्र जोडदारका साथ उठिरहेको पुस्तान्तरण र संगठन सुदृढिकरणको मुद्धा पनि प्रमूख हुन सक्छ । यसका अलावा युवाहरुको नेतृत्व गरिरहेका पार्टी भित्रका ईमान्दार नेता तथा नेतृत्वको पनि उत्तिकै साथ, सहयोग र समर्थन रहेको कुरालाई पनि बर्तमान नयाँ नेतृत्वमा छाएका युवा नेतृत्वकर्ताहरुले भुल्नु हुदैन भन्ने कुरा महत्वपूर्ण हुन जान्छ ।
बिगतमा देखिएका कांग्रेस भित्रका गुटबन्दीलाई समाप्त पार्दै अब नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि जान सक्नेस्पष्ट आधारहरु पनि चौधौँ महाधिबेशनको प्रारम्भिक मत परिणामले देखाई सकेको छ ।
देशको मुहार फेर्न सक्छु भन्ने होनहार युवा शक्तिको पार्टीको उपल्लो तहमा देखिएको उपस्थितिले अबको नेपालको आगामी भबिष्य समेत उज्याले हुनसक्ने अनुमान धेरैको रहेको छ । यसका लागि नेतृत्व तहमा देखिएका बिगतका बैचारिक मतभेदहरुलाई न्यूनिकरण र निर्मुलिकरण गर्ने तर्फ नै अहिलेको नयाँ नेतृत्वको पहिलो काम हुनेमा आम कांग्रेस नेता तथा कार्यकर्ताहरुको चाहना रहेको देखिन्छ ।
नेपाली कांग्रेसको चौधौ महाधिबेशनले बिगतमा झै ६० प्रतिशत र ४० प्रतिशतको भागबण्डालाई समाप्त पारेर जाने र जो सक्षम छ, जसलाई आम नेपाली नागरिकहरुले अत्यधिक रुचाएका छन्, जसले पार्टी र संसदीय क्षेत्रमा राम्रो काम गर्न सक्छ उसैलाई अवसर दिने भन्ने सभापतिमा पराजित डा. शेखर कोईरालाको अभिब्यक्तिबाट अब नेपाली कांग्रेसले आफ्नो सांगठनिक अभियान नेतृत्व तहमा देखिएको बहुमत र अल्पमतको संख्याको आधारमा हैन स्पष्ट जनाधार र बिचारको आधारमा हुने कुरामा भने स्पष्ट हुन सकिने आधारहरु तैयार हुदै गैरहेको देखिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपभान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार