प्रशिक्षक भट्ट भन्छन्:- शान्ति र सुनिताको प्रदर्शनले खेल जित्यौं
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २२:२३:४२
८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् ।
बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २-० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो ।
‘श्रीलंकालाई जित्नै पर्ने दबाब थियो । किनकी पहिलो खेल जित्दै मनोबल उच्च बनाउने अवसरका रुपमा यो खेल थियो । दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नु पर्ने दबाब थियो ।’ मुख्य प्रशिक्षक भट्टले भने ।
साविक विजेता नेपालले सुरुवाती दुई सेट १९-२५ र २१-२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काले बहादुरी प्रदर्शन गरेपछि त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेट नेपालले २५-१५ जित्यो । चौथो सेट समेत २५-१९ले जित्दा पाँचौ तथा निर्णायक सेट १५-१३ ले जितेको थियो । ‘शान्ति र सुनिताको प्रदर्शनले सबै खेलाडीमा उत्साह जगायो । र हामी पुनः खेलमा फर्कियौं र हामी पाँचौ सेटमा गएर प्रतियोगितामा पहिलो खेल जित्न सफल भर्यौ,’ ढाकाबाट भट्टले भने ।
यस्तै, भट्टले खेलाडीले नियमित खेलको २० प्रतिशत पनि खेल्न नसकेको र नेपालको सर्भिस, स्पाइक, ब्लक कुनै पनि पोजिसन सन्तोषजनक नरहेको बताए । ‘खेलाडीहरूले सुरुवाति दुई सेट निकै दबाबमा खेले । जुन हाम्रो नियमित खेलको २० प्रतिशत पनि होइन । जसले गर्दा सुरुको दुई सेट गुमाउनु पर्योे । म खेलबाट सन्तुष्ट छैन । हाम्रो सर्भिस, स्पाइक, ब्लक कुनै पनि सन्तोषजनक छैन ।’ गतबर्ष नेपाललाई पहिलो पटक एभीसी सेन्ट्रल जोनको उपाधि दिलाएका प्रशिक्षक भट्टले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार