बैंकको लापरवाहीले सामाजिक सुरक्षाभत्ता लिन सास्ती
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २२:५३:१७
८ पुस, जलेश्वर । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।
भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका– ८ का वृद्ध बहादुर महराले बताए । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको कुनै पनि व्यक्तिको काम एकदिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उनले गुनासो गरे ।
बैंकले एक दिनमा २०-२५ जनालाई मात्रै भत्ता बाड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुग्नुभएका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आएपनि पाउन नसकेको गुनासो गरे । घण्टौं लाइनमा बसेपनि काम नहुँदा रित्तै फर्किनुपरेको उनले सुनाए ।
स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएको हो । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरिया जिम्मेवारी लिएका बैंकले व्यवस्थापनमा ध्यान नदिँदा उपभोक्ताले सहज सेवा पाउन नसकेको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार