बाँकेमा दुई लाखले लगाए कोरोना खोप
नेपालबहस संवाददाता
पुस ८, २०७८ शुक्रबार ०:२६:३९
८ पुस, नेपालगञ्ज । बाँकेमा करिब दुई लाखले कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लक्षित उमेर समूह १८ वर्ष माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठले खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये ४८.६ प्रतिशतले मात्र खोपको दोस्रो मात्रा पुरा गरेका छन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको खोप नलगाउने ६६ हजार ९ सय ७४ रहेका छन् । फोकल पर्सन श्रेष्ठले अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरू खोपको पहुँचदेखि बाहिर रहेको बताए ।
उनले भने, ‘खोपको पहुँचमा नरहेका ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकामा शनिबार बाहेक अन्य बार नियमित खोप लगाउने अभियान सञ्चालन गरेका छौं ।’ उनले बाँकेमा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई खोप लगाउनको लागि पुनस् पहल गर्ने गरी योजना निर्माण गरिएको स्पष्ट पारे ।
उनले पालिका अनुसार खोप लगाउन छुटेका सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरका ३२ हजार ४ सय १८, राप्ती सोनारीका २२ हजार ८ सय ६४, बैजनाथ गाउँपालिका २० हजार ७ सय ४७, कोहलपुर १६ हजार ८ सय ३३, नरैनापुर १५ हजार ५ सय ९४, खजुरा ११ हजार ८ सय ५०, जानकी ११ हजार २ सय ४९, डुडुवा १० हजार १ सय १९ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार