मदिराले निम्ताएको महिला हिंसा
सरला बैजु
पुस ९, २०७८ शुक्रबार १७:४४:३
९ पुस, काठमाडौं । कीर्तिपुरकी नीरा परियारको दैनिकी बिहानको चियाको सट्टा मदिराबाट सुरु हुन्छ । उनी मदिरा नखाएसम्म केही गर्न सक्दिनन् । त्यसैले अरु सबैको दैनिकी चियाबाट हुन्छ भने, उनी र उनका श्रीमान्को दैनिकी चाँही मदिराबाट सुरु हुन्छ ।
निराको विवाह भएको २२ वर्ष भईसक्यो । उनले मदिरा सेवन गरेको पनि ठ्याक्कै २२ वर्ष नै भयो । पहिले त श्रीमानलाई साथ दिन भनेर उनले अलि अलि मदिरा खान थालिन्, विस्तारै उनलाई मदिरामा बानी पर्दै गयो र अहिले उनको मदिरा सेवन लतमा परिणत भएको छ ।
मदिराले हिजो आज उनको घरमा झगडा भित्र्याएको छ । बिहानैदेखि मदिरा खाने बानीले गर्दा अहिले घरमा सधैँ नै जस्तो उनको परिवारसँग झगडा भईरहन्छ । मदिरा खाएपछि उनी पनि झगडा गर्न हौसिन्छिन् । अनी सधै श्रीमानश्रीमतीको झगडा हुन्छ । सधैँ जसो उनले श्रीमानकाे कुटाई खानुपरेको छ ।
यसरी दैनिक जसो उनले श्रीमानकाे कुटाई खाए पनि उनीप्रति कसैको पनि सहानुभूति हुँदैन, महिला भएर रक्सी खान्छे, अनी श्रीमानले कुटी हाल्छनी भनेर वरपरका मान्छे पनि उनको साथमा हुँदैनन् ।
नेपाल जसो विकाशउन्मुख मुलुकमा निरा जस्ता थुप्रै महिलाहरु छन् । विहान बेलुकी हातमुख जोर्न धौ धौ पर्ने परिवारमा भित्रिएकी निराको मदिरा खाने बानीले गर्दा उनको पुरै परिवार तनावमा छन् । आमाको मदिरा पिउने बानी सुधार्न नसक्दा उनका छोराछोरी पनि विग्रने बाटो तिर गईसकेका छन् । बच्चाहरु पढाई छोडी दिनभर यताउता हिड्न थालिसकेका छन् ।
विशेषतः आदिवासी, जनजाति र दलित समुदायमा मदिराको प्रयोग अत्यधिक हुने गर्छ । यो समुदायमा पुरुषमात्र नभई महिलासमेत मदिराको लतमा फसेका देखिन्छन् ।
नेपालमा हिंसाको स्वरुप विभिन्न भएपनि मदिराले परिवारमा सजिलैसँग हिंसा भित्र्याएको देखिन्छ । यसबारे माइती नेपालकी मनोपरामर्शदाता सुमित्रा श्रेष्ठ भन्छिन्, ‘केटीले रक्सी खाएर आउने केस भन्दा पनि केटाले खाएर नै महिला हिंसा हुने धेरै हुन्छ । तर महिलाको संस्था भएर होला यस्तो केश यो संस्थामा आउँदैन् ।’ उनी थप्छिन्, ‘बरु श्रीमान, श्रीमती दुबै खाएर झगडा गर्ने केश भने, धेरै नै आउने गरेको छ ।’
मदिरा नेपालमा जहाँ तहाँ सहज रुपले पाउने एउटा अल्कोहोलिक पदार्थ हो । जसको सेवनले मान्छे सही दिशा भन्दा पनि गलत मार्ग तिर जान प्रेरित गर्ने गर्दछ । समाजमा भएका अधिकांश अपराधको घटनामा मदिरा प्रमुख कारण रहेको छ ।
नेपालमा ७० प्रतिशत महिला हिंसाको कारक तत्व मदिरा भएको अध्ययनले देखाएको छ । जुन घरमा पुरुषले मात्र मदिरा सेवन गर्छ, त्यो घरको महिला माथि प्राय पुरुषले हिंसा गरिरहेको हुन्छ । जुन घरमा पुरुषको साथै महिला पनि मदिरा सेवन गर्छन्, त्यो घरको पुरा परिवारमा हिंसा विभिन्न स्वरुपमा भईरहेको हुन्छ ।
अझ नेपाल जस्तो विकाउन्मुख मुलुकमा त कुनै पनि किसिमको प्राकृतिक प्रकोप वा कुनै विपद् आउँदा महिला माथी हिंसा झन बढेको देखिएको छ । उदाहरणको लागी कोभिड-१९ को बन्दाबन्दीको समयमा नेपाली महिलाहरु झन धेरै प्रताडित भएको देखिएको छ ।
परिवारका सबै घरमा नै बसिरहने, काम नहुदाँ मदिरा सेवन गर्ने र अरु दिनको भन्दा बढी सेवन गर्नाले महिला नै यसबाट प्रभावित भएको देखिन्छ । पुरुष महिला दुबैको काम नहुँदा विहानै देखि मदिरा सेवन गर्नाले घरमा बढी झगडा हुने र हत्या हिंसासमेत बढेको देखिएको थियो ।
कोटेश्वरकी पारु नेपाली अहिले ४५ वर्षकी भईन् । उनको श्रीमानकाे १२ वर्ष अगाडी मदिराकै कारण मृत्यु भईसक्यो । उनको ३ वटा छोरा छन् । उनी मदिरा खान पाईनन् भने बौलाह नै हुन्छिन् । मदिरा नपाए पछि उनी झगडा सुरु गर्छिन । उनको यस्तो बानीबाट आजित भएका उनका छोराहरुले उनलाई कुटनेसम्म गर्छन् ।
युवायुवती कोठामा बसेर मदिरा सेवन गर्ने र अनि अनैतिक सम्बन्ध कायम गर्नाले धेरै महिलाको घर बिग्रेको उनले बताए । उनी भन्छन्, ‘एउटा केटाले कुनै पनि केटीसँग जवरजस्ती सम्बन्ध बनाउन गाहे हुन्छ, तर मदिरा सेवन गरेका केटीहरु सम्बन्धको लागी सजिलै तयार हुने भएकोले, अहिले यो विकृतिको रुपमा आएको छ ।’
उनलाई थाहा छ, मदिराकै कारण उनले छोराहरुमाथि मानसिक हिंसा गरिरहेकी छिन् भने, छोराहरुले पनि उनीमाथि मानसिक तथा शारीरिक हिंसा गरिरहेका छन् । उनले मदिरा कै कारण आफुमाथि हिंसा भईरहेको थाहा पाउँदा पाउँदै पनि उनी मदिराको लत छाड्न सकेकी छैन् ।
उनलाई सुधार्न छोराहरुले उनलाई सुधारगृहमा राखी सके, तर उनी सुधारगृहबाट निस्केपछि, फेरि पनि मदिरा सेवन गर्न थाल्छिन् । विशेषतः आदिवासी, जनजाति र दलित समुदायमा मदिराको प्रयोग अत्यधिक हुने गर्छ । यो समुदायमा पुरुषमात्र नभई महिलासमेत मदिराको लतमा फसेका देखिन्छन् ।
झैझगडा, कुटपिट र आपराधिक क्रियाकलाप पनि विशेषतः यही समुदायका व्यक्तिबाट बढी भएको दोखिन्छ । यो समुदायमा मदिरा सेवन संस्कारकै रूपमा स्थापित भएका कारण पनि यही समुदायमा हिंसा बढी हुने गरेको छ ।
मदिरा पिएर श्रीमानले सधैं कुट्ने गरेको भन्दै विभिन्न स्थानमा महिलाहरूले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उजुरी गरेपनि घटना सहमति र मेलमिलापमा टुंगिने गरेका छन् । जसले गर्दा यस्ता घटना बारम्बार दोहोरिन्छन । महिला सेलमा भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी मादक पदार्थ खाएका कारण भएको पाइएको छ ।
पुतलीसडकमा कुर्था पसल राखेर राम्रै आम्दानी गरिरहेकी कल्पनालाई पनि मदिरा सेवन गर्ने लत लाग्यो । उनी आफु मात्र रक्सी खाने भन्दा पनि अरु साथीहलाई पनि लाने गर्दा उनको आर्थिक स्थिति निकै तल झर्न थाल्यो । जसको कारण उनी आफ्नो मदिराको लागी आफ्नो सामानहरु बेच्न थालिन ।
हालत त आफ्नै छोरीको मोबाइलसम्म चोरी गरी बेचेर रक्सी खान थालेकी छन् । अब उनी आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरी सम्पत्ति लिएर मोजमस्ती गर्ने पक्षमा छिन् ।
नेपाली समाजमा मदिरा सेवन विकृतिको रुपमा आएको नेपाल कानून सेवा केन्द्रका अधिवक्ता बद्रि नगरकोटीको छ । मदिराको कारण समाजमा सम्बन्ध विच्छेद र यौन क्रियाकलाप बढेको उनको भनाई छ । युवायुवती कोठामा बसेर मदिरा सेवन गर्ने र अनि अनैतिक सम्बन्ध कायम गर्नाले धेरै महिलाको घर बिग्रेको उनले बताए । उनी भन्छन्, ‘एउटा केटाले कुनै पनि केटीसँग जवरजस्ती सम्बन्ध बनाउन गाहे हुन्छ, तर मदिरा सेवन गरेका केटीहरु सम्बन्धको लागी सजिलै तयार हुने भएकोले, अहिले यो विकृतिको रुपमा आएको छ ।’
अहिले समाजका ९० प्रतिशत महिलाहरु मदिराका कारण अनैतिक सम्बन्धमा परेका छन् । मदिरा खाएपछि होस गुमाउने र जसरी हुन्छ आफ्नो इच्छा पुरा गर्ने चाहनाले युवतीहरु पनि विकृति तिर गईरहेका छन् । जसको कारण घरमै चोरी गर्ने, परिवारसँग नमिल्ने गर्दा उनीहरु परिवारबाट नै हिंसामा परिरहेका छन् ।
मदिराका कारण हाल धेरै घरहरु बिग्रिरहेका छन्, यसलाई समयमै रोक्न नसके महिलाको घर विग्रनुको साथै धेरै युवतीहरु मदिराको नाममा आफ्नो अस्मिता लुटाउन बाध्य हुन्छन् । मदिराले सुरुमा अनैतिक कार्य गरेपश्चात पछि पश्चाताप हुने र यसले महिलाहरु मानसिक तनावमा हुने र तनाव हटाउन फेरि मदिरा सेवन गर्नाले आफ्नो भविष्य नै अन्यौलतातर्फ धकेलीरहेका समाजमा देख्न सकिन्छ ।
अधिवक्ता नगरकोटीका अनुसार मदिराको कारण अहिले अदालतमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढिरहेका छन् । उनी भन्छन्, ‘महिलाहरु मदिरा पिउँछन् र परपुरुषसँग अनैतिक सम्बन्ध बनाउँछन्, यही कारणले सम्बन्ध विच्छेदको मुद्दाहरु आउन थालेका छन् ।’
अहिले पनि हाम्रो समाज पितृसत्तात्मक नै रहेको छ, पुरुषले बाहिर जती पनि सम्बन्ध बनाउँछन् भने त्यसले परिवारमा अलिकति तनाव होला, केही समय पछि त्यो घटना साम्य हुन्छ । तर हाम्रो समाजमा कुनै पनि विवाहित महिलाले कुनै परपुरुषसँग सम्बन्ध बनाएको खण्डमा त्यो महिला बहिस्कृत नै हुन्छिन् । यसै कारण महिलाको सम्बन्ध विच्छेदमा अहिले मदिरा प्रमुख कारण बन्दै आईरहेको छ । मदिरा सेवन गर्ने महिला घरबाट, परिवारबाट त उपेक्षित हुन्छन् हुन्छन्, उनीहरुबाट बाहिरका परपुरुषले पनि फाईदा लिईरहँदा उनीहरु दोहोरो हिंसामा परिरहेका हुन्छन् ।
अधिवक्ता नगरकोटीका अनुसार मदिराका कारण हाल धेरै घरहरु बिग्रिरहेका छन्, यसलाई समयमै रोक्न नसके महिलाको घर विग्रनुको साथै धेरै युवतीहरु मदिराको नाममा आफ्नो अस्मिता लुटाउन बाध्य हुन्छन् । मदिराले सुरुमा अनैतिक कार्य गरेपश्चात पछि पश्चाताप हुने र यसले महिलाहरु मानसिक तनावमा हुने र तनाव हटाउन फेरि मदिरा सेवन गर्नाले आफ्नो भविष्य नै अन्यौलतातर्फ धकेलीरहेका समाजमा देख्न सकिन्छ ।
जहाँ तहाँ सजिलै रुपले पाउने गुणस्तरहिन मदिराका कारण महिलाको स्वास्थमा पनि असर गरिरहको पाइन्छ । विशेष गरी गुणस्तरहिन मदिराले महिलाको दिमाग र कलेजोलाई असर पर्ने गरेको छ । जसको कारण समय अगावै उनीहरुको मृत्यु हुने गरेको छ ।
मदिरा एउटा लतको रुपमा लागेपछि उनीहरुले चाहेर पनि छा्ड्न सक्दैनन् । जसको कारण उनीहरु जति हिंसामा परे पनि सहन बाध्य हुन्छन् । उनीहरुलाई सुधार केन्द्रमा राखे पनि केहि समय पछि फेरि मदिरा सेवन तिर नै लाग्ने भएकोले यसलाई दिर्घकालिन रुपमा न्यूनिकरण गर्न सके मात्र महिला हिंसामा कमी ल्याउन सकिने तथ्यांकले देखाएको छ ।
नेपालमा संविधानको सुरुआत भएदेखि महिलाका हक अधिकारको बारेमा संविधानमा नै व्यवस्था भएको थियो । नेपालको वैधानिक कानुन २००४, नेपाल अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपालको संविधान २०४७, नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ सम्म आइपुग्दा महिलाका हक अधिकारको बारेमा संविधानमा राज्यले व्यवस्था गरेको छ ।
त्यसैगरी मुलुकी ऐन २०२० सालमा संशाेधन गरी बालविवाह, बहुविवाह र अनमेल विवाहमाथि प्रतिबन्ध लगाइएको थियो । शारीरिक, मानसिक तथा महिला विरूद् हुने कुनै पनि प्रकारको हिंसाजन्य कार्यलाई नेपालको संविधान २०७२ ले निषेध गरेको छ जुन कानुनद्वारा दण्डनीय हुनेछ भनि धारा ३८ को उपधारा ३ मा उल्लेख गरेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
हुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार