महिला भलिबल टोलीको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार १८:५०:२१
९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।
सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो । माल्दिभ्सले चार अंकमात्र बनाएको थियो ।
मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरुको स्थानमा पहिलो रोजाइमा नयाँ खेलाडी शान्ति थारू, कामना विष्टलाई कोर्टमा उतारेका थिए ।
यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी लक्ष्मी चन्दले समेत डेब्यु गरिन् । नेपाल पुलिस क्लबकी खेलाडी चन्दले पहिलो पटक टोलीमा स्थान बनाएकी हुन् ।
पहिलोपटक राष्ट्रिय टोलीमा परेका शान्ति र कामनाले श्रीलंकाविरुद्धको खेलबाट नै डेब्यु गरिसकेका छन् । साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९ र २५-५ मा स्तब्ध पार्यो ।
प्रशिक्षक भट्टले अन्तिम सेटमा प्रतिभा र सरस्वतीलाई कोर्टमा उतारेका थिए । बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३–२ को जित हात पारेको थियो ।
नेपालले शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार