एलपीएलको छैटौँ संस्करण २२ माघदेखि हुने
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार २२:४७:४८
♦ मोहन जोशी
९ पुस, धनगढी । लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण आगामी ६ माघदेखि धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ । क्रिकेटको जग बलियो बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।
पाँचौँ संस्करणमा १६ विद्यालयका खेलाडी सहभागी रहेकोमा छैटौँ संस्करणमा भने १० विद्यालयले मात्र प्रतियोगितामा भाग लिने आयोजक लिटल फ्लावर स्पार्ट एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
‘२२ माघ सुरु हुने प्रतियोगिता ७ फागुन समापन गरिनेछ,’ प्रतियोगिताबारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले भने, ‘जसमा काठमाडौंबाट दुई, कञ्चनपुरबाट एक र कैलालीका सात विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।’
प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष शाहीले बताए । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीलाई २० हजार, उत्कृष्ठ बलर र उदयमान खेलाडीलाई नगद १०-१० हजार तथा खेलका म्यान अफ द म्याच, गेम चेन्जर र बढी छक्का प्रहार गर्ने खेलाडीलाई दुई दुई हजार हजार प्रदान गरिने अध्यक्ष शाहीले बताए ।
प्रतियोगितामा प्रत्येक विद्यालयले चार जना यू–१९ राष्ट्रिय खेलाडीलाई आफ्नो टिममा अनुबन्धित गर्न पाउने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार