राजनीतिक दलले बालबालिकालाई प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार २३:३:१८
♦ हेमन्त केसी
९ पुस, जाजरकोट । राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँगाउँमा पार्टी प्रवेश गराउनेदेखि विभिन्न राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ । ठूला दलको अधिवेशन चलिरहेको समयमा सबैभन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ ।
सभा, सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्याधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रमसमेत बालबालिकालाई प्रयोग गरिन थालिएको छ ।
दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ पार्टीको नेता सहभागी हुने कार्यक्रममा पनि बालबालिका तथा विद्यार्थीलाई समेत विद्यालयमा जम्मा गरेर विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाई प्रवेश गराएको अभिभावकहरूले गुनासो गर्न थालेका छन् ।
बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीतिमा लगाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका– ४ का सुरेन्द्र सिंहले बताए ।
‘पढ्ने, लेख्ने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई प्रयोग गरेर खण्डित गरी भविष्य बर्बाद गराउने काम हुनु गलत छ । यसको जती विरोध गरे पनि कम हुन्छ,’ उनले भने, ‘बालबालिका भनेका काँचो माटो हुन् । उनीहरूलाई जुन संस्कार दियो, सोहीअनुसारको चेतनामा वृद्धि हुन्छ ।’
विद्यालयका शिक्षकहरू समेत आफ्नो विचार मिल्ने दललाई सहयोग गर्न कार्यक्रममा विद्यार्थी पठाउने गरेको अभिभावकको गुनासो छ ।
आफ्ना छोराछोरीलाई देशविदेशका महंगो विद्यालयमा पढाउउने नेताहरूले जनताका छोराछोरीलाई भने राजनीतिक कार्यक्रममा समावेश गराएर उनीहरूको भविष्यमाथि खेलवाड गरेको नलगाड नगरपालिका–८ का नरबहादुर विकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार