विवादास्पद, चर्चित र उदाहरणीय १०० नेपाली महिला
कुसुम सेञ्चुरी
पुस १०, २०७८ आइतबार २:४२:३२
नेपाल राज्यका महत्वपूर्ण ओहोदामा महिलाहरू पुगेका छन्– राष्ट्रपति– विद्यादेवी भण्डारी (२०७४—), प्रधानन्यायाधीश– सुशीला कार्की (२०७३–७४), सभामुख– ओनसरी घर्ती (२०७३), उपप्रधानमन्त्री– शैलजा आचार्य (२०५५–५६), क्याबिनेट मन्त्री– सुशीला थापा, न्यायाधीश– शारदा श्रेष्ठ, उपमन्त्री (राज्यमन्त्री) र सांसद– द्वारिकादेवी ठकुरानी । राजदूत– विन्देश्वरी शाह, पार्टी अध्यक्ष– पम्फा भुसाल (संयुक्त जनमोर्चा), पहिलो नगरसभा सदस्य– साधना प्रधान अधिकारी, कलेज प्रिन्सिपल– अङ्गुरबाबा जोशी, सरकारको पहिलो महिला सचिव चन्द्रकला किरण, महिला संघको पहिलो अध्यक्ष योगमाया कोइराला । उपप्रधानमन्त्री ३ जना भए– शैलजा आचार्य, सहाना प्रधान, सुजाता कोइराला ।
२०१६ सालभन्दा अगाडि कुनै महिला मन्त्री भएका थिएनन् । पञ्चायतकालभरि जम्मा ७ जना महिला मन्त्री भएका थिए । लोकसेवा आयोगको पहिलो महिला सदस्य उमा पाण्डे, पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) उषा नेपाल, पहिलो महिला विद्यावारिधि प्रभा बस्नेत, त्रिविबाट विद्यावारिधि गर्ने पहिलो महिला विन्दु लोहनी, नेपाली साहित्यकी पहिलो विद्यावारिधि र साझा पुरस्कार पाउने पहिलो महिला बानिरा गिरि, नेपाली भाषामा पहिलो विद्यावारिधि सुभद्रा सुब्बा दाहाल, मनोविज्ञानमा विद्यावारिधि गर्ने पहिलो महिला डा. आरजू राणा देउवा, एसएल्सी पास गर्ने पहिलो महिला प्रभा राज्यलक्ष्मी देवी राणा, एसएलसीमा पहिलो बोर्ड फर्ष्ट महिला लुना भट्ट (हाल पीएचडी) ।
पहिलो महिला ईन्जिनियर कान्ति मल्ल, पहिलो महिला प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बिमला थापा शर्मा, नेपाली सेनाको पहिलो महिला मेजर (बहालवाला) सुलोचना पौडेल, पहिलो महिला पाईलट रक्षा राणा, पहिलो महिला प्रहरी निरीक्षक नीलम देवी, पहिलो महिला प्रहरी कन्स्टेबल चैत्यमाया डङ्गोल (वि.सं २००८मा) । पहिलो सगरमाथा आरोही पासाङ् ल्हामु शेर्पा, पहिलो नायिका भूवन चन्द, पहिलो नर्स— विद्यावती, विनयदेवी, राधादेवी, धर्र्मादेवी, पहिलो सम्पादक उमाकुमारी कामाक्षा, सवारी चालक अनुमतिपत्र लिने पहिलो महिला साधना प्रधान अधिकारी, मन्छुरादेवी, गीत रेकर्ड गराउने पहिलो गायिका मेलवा देवी ।
तिनलाई अझै परम्परागत दुर्गुणले गाँजेकै छ । आफ्नो परिवार र नातागोतालाई नै ब्रम्हाण्ड ठान्ने गर्दछन् । भड्किलो, देखावटी र क्रित्रिम व्यहारमा रमाउँछन् । ज्यादै संकीर्ण हुन्छन्, कहिलेकहिँ साना कुरालाई पनि ठूलो रूप दिन्छन् । ठूलो जिम्मेवारी सम्हाल्ने दक्षता बनाउनै सकेनन् । अरूप्रति शङ्कालु र निराशावादी हुने झुकाव देखाउँछन् । छिमेकीसँग तडकभडकको प्रतिष्पर्धा गर्न खोज्छन् । सोचाइको दायरा (होराइजन) फराकिलो हुँदैन । अरूका कुरा काट्न मन पराउँछन् ।
कवयित्री तथा प्राज्ञ तोया गुरूङ्, कवयित्री उषा शेरचन, पत्रकार रमा पराजुली, बबिता बस्नेत, यशोदा तिम्सिना, लेखिकाहरू झमककुमारी घिमिरे, वानिरा गिरि, मञ्जुश्री थापा, शिक्षिका मञ्चला झा, बारबरा एडम्स्, डा. दुर्गा पोख्रेल, गायिका तथा पत्रकार सुशन मास्के, शिवानीसिंह थारूहरू पनि चिनिएका नारी हस्ताक्षर नै हुन् । तर पत्रकार, समाचारवाचिका तथा महिला आयोगकी पूर्व अध्यक्ष बन्दना राणा धेरै वर्ष यता हराएपछि यसै वर्ष एक राष्ट्रसंघीय पुरस्कारबाट सम्मानित भइन् ।
बेचिएका नेपाली चेलीकी उद्धारक अनुराधा कोइराला, पहिलो महिला डाक्टर कान्ति गिरि, आफैँ बेचिएर बेश्यालयबाट फर्की महिलामुक्ति अभियानमा लागेर अन्तर्राष्ट्रिय पुरस्कार पाएकी चरिमाया तामाङ्, बेवारिस बुढाबुढीकी उद्धारकर्ता तथा समाजसेवी दिलशोभा शाक्य वा भाईटीका लगाइदिने ‘दिदी’ अञ्जलीदेवी मास्के, किसुनजीकी सहयोगी तथा महामण्डलेश्वर उपाधीबाट दीक्षित पाइलट बाबाकी चेली अमिता कपाली, लगातार ३६ घण्टा प्रवचन दिएर गिनिज बुक अफ वल्र्ड् रेकर्ड्मा कीर्तिमान कायम गर्ने सिन्धुपाल्चोक (तालामाराङ्) की प्रमिला देउजा लगायत डा.अरूणा उप्रेती, मञ्जु मिश्र, सुम्निमा तुलाधर, सम्झना श्रेष्ठ, गीता प्रधान, तुलसालता अमात्य, अम्बिका बस्नेत, स्टेला तामाङ्, मोहिनी महर्जन, शोभा बस्नेतहरू पनि आ–आफ्नै हैसियतबाट राम्ररी चिनिएका छन् ।
एकताका काठमाडौँमा ‘चरित्रहीन चेली’ पनि गठन गरेका थिए । अनुराधा पौडेल, अमृता लम्साल, बबिता बस्नेत, मञ्जु थापा, विदुषी ढुङ्गेल, दुर्गा लामिछाने, मोमिला, साहित्यकार जलेश्वरी श्रेष्ठ, मनोविज्ञ प्रिया अग्रवाल, सीजीएम्सी कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्र, अभिनेत्री शोभिता सिंखडा आदिले यौनका बारेमा खुलेर लेख लखेका छन्, अन्तर्वार्ता दिएका छन् ।
दलित महिला अधिकारकर्मी दुर्गा सोबलाई सम्झिँदा अर्की दलित महिला अधिकारकर्मी अम्बिका गजमेरलाई बिर्सनु भएन । निःशुल्क कानुनी सल्लाह तथा सेवा केन्द्र (ल्याक) खोलेकी पहिलो पीएच्डी वकिल स्व. शान्ता थपलिया, संविधानसभामा जननिर्वाचित सभासद तथा कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा गौतम (भूसाल), सभासद्, सर्बोच्च अदालतका लागि न्यायाधीश सिफारिशमा परेकी अधिकारकर्मी सपना मल्ल त सक्रिय नै छन् । शर्मिला कार्की, डा. रेणु राजभण्डारी (पतिसँग झगडा परेपछि छुट्टाभिन्न भएकीले अब रेणु अधिकारी), सलोमी सिंह, दुर्गा घिमिरे, शोभा गौतम, शारदा पोख्रेल, डा. मीना आचार्यहरू पनि अधिकारकर्मी र बुद्धिजीवी भएर बाँचेकै छन् ।
राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्षा शेख चाँदतारा, होटेल द्वारिकाजकी मालिक्नी अम्बिका श्रेष्ठ, सयौँ अनाथहरूकी सक्रिय आमा चन्द्रशोभा तिमिला, साझा प्रकाशनकी पूर्वमहाप्रबन्धक ममता झा, खेलाडी संगीना वैद्य, पहिलो मिस नेपाल रूबी राणा, सिने कलाकार मिथिला शर्मा, माला सिन्हा, बसुन्धरा भुसाल, सूर्यमाला शर्मा, रेखा थापा, अरूणिमा लम्साल, ऋचा घिमिरे, करिश्मा मानन्धर, सञ्चिता लुईँटेल, दीपा निरौला, कुञ्जना घिमिरे (‘मेरी बास्सै’ की पात्र ‘सुन्तली’) हरूले मनोरञ्जन गराइरहेका छन् । गायिकाहरू आनी छोइङ् डोल्मा, अञ्जु पन्त, इन्दिरा जोशी, सिन्धु मल्लका स्वरले नेपाली श्रोताहरूलाई लठ््याएकै छन् । तर नृत्याङ्गगना सारङ्गा श्रेष्ठ, गायिका सपना श्री परियारजस्ता राम्रा कलाकारहरू अमेरिका भासिएर उतै हराएका छन् ।
नेतृहरू— हिसिला यमि, स्व. सहाना प्रधान, सुजाता कोइराला, विद्या भण्डारी (हाल राष्ट्रपति), पम्फा भूसाल, चित्रलेखा यादब, जयपुरी घर्ती, शान्ता मानवी, मैयादेवी श्रेष्ठ, शान्ता श्रेष्ठ, आरजु राणा, सरिता गिरि, रेणु यादब, रेखा शर्मा, शहीद दुर्गानन्दकी पत्नी तथा पूर्व राज्यमन्त्री काशीदेवी झा, सीतादेवी यादब, मोहम्मदी सिद्दीकी, सीडीओ कुटेर विवादमा आएकी करिमा बेगम, पर्यटन ब्यवसायी तथा पूर्वमन्त्री याङ्किला शेर्पा, प्रतिभा राणा चर्चामै छन् ।
नेताको आडमा बसेर आर्थिक धन्धाको चर्चाले अनेक विवादमा आउने गरेका नामुदहरूमा बाबुराम भट्टराईकी पत्नी हिसिला यमि, शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, गिरिजापुत्री सुजाता जोस्ट कोइराला, डा. प्रकाशचन्द्र लोहनीकी पत्नी मृदुला लोहनी, डा. प्रकाशशरण मतकी पत्नी बिना महत पनि छँदैछन् । तारिणीदत्त चटौत र बीपीन कोइरालाका पत्नीहरू पनि यस मामिलामा नामुद मानिएका हुन् । जनताले आजसम्म बोली नसुनेको भनेर पनि चर्चित कोमल शाह र आनन्दीदेवी सिंहमध्ये आनन्दीदेवी वितिसकिन् ।
आज तुलनात्मक रूपमा नेपाली महिलाहरू धेरै स्वतन्त्र भइसके । एकताका काठमाडौँमा ‘चरित्रहीन चेली’ पनि गठन गरेका थिए । अनुराधा पौडेल, अमृता लम्साल, बबिता बस्नेत, मञ्जु थापा, विदुषी ढुङ्गेल, दुर्गा लामिछाने, मोमिला, साहित्यकार जलेश्वरी श्रेष्ठ, मनोविज्ञ प्रिया अग्रवाल, सीजीएम्सी कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्र, अभिनेत्री शोभिता सिंखडा आदिले यौनका बारेमा खुलेर लेख लखेका छन्, अन्तर्वार्ता दिएका छन् ।
तैपनि नेपालका आईमाईहरू नारी त के, महिलाको स्तरमा पनि पुगेका छैनन् भन्ने पनि धेरै छन् । तिनलाई अझै परम्परागत दुर्गुणले गाँजेकै छ । आफ्नो परिवार र नातागोतालाई नै ब्रम्हाण्ड ठान्ने गर्दछन् । भड्किलो, देखावटी र क्रित्रिम व्यहारमा रमाउँछन् । ज्यादै संकीर्ण हुन्छन्, कहिलेकहिँ साना कुरालाई पनि ठूलो रूप दिन्छन् । ठूलो जिम्मेवारी सम्हाल्ने दक्षता बनाउनै सकेनन् । अरूप्रति शङ्कालु र निराशावादी हुने झुकाव देखाउँछन् । छिमेकीसँग तडकभडकको प्रतिष्पर्धा गर्न खोज्छन् । सोचाइको दायरा (होराइजन) फराकिलो हुँदैन । अरूका कुरा काट्न मन पराउँछन् ।
अव गुणको विचार गरौँ— नेपाली महिला जोहोकारी हुन्छन्, पुरूषको आर्जन र स्त्रीको जोहो मिलेको घर सुखी हुन्छ । पुरूषभन्दा बढी काम गर्छन्, परिवारको भित्री खम्बाको भूमिकामा हुन्छन् । मिर्गौला दान गर्नेमा पुरुषको दाँजोमा महिला धेरै अगाडि छन् । क्रुर हुँदैनन्, दया, करूणा र स्नेहले छिटै पग्लिन्छन् । परिवारको लागि त्याग र होशियारीमा पुरूषभन्दा अगाडि हुन्छन् । पुरूषको जीवन सम्हालिदिने र व्यवस्थित बनाइदिने महिला नै हुन्छन् । जुवा–तास, रक्सी, वेश्यावृत्तिजस्ता भयावह विकृति रोक्ने र आमा समुह, वन तथा बृक्षरोपण, खानेपानी सञ्चालन, सहकारी सञ्चालनमा महिला नै अग्रसर हुन्छन् र सफल पनि भएका छन् ।
अपवादबाहेक अपराधमा संलग्न हुँदैनन्, तुलनात्मक दृष्टिले पुरूषभन्दा बढी धैर्यशील तथा संयमी हुन्छन् । धर्मकर्ममा विशेष रूचि राख्छन्, अर्थात मनस्थिति सहज बनाउन खोज्छन् । मितब्ययी हुन्छन्, फाल्तु खर्चको तुलना गर्दा पुरूषको जस्तो अनियन्त्रित हुँदैन । पुरुषले पाएको रकम र महिलाले पाएको त्यति नै रकमको सदुपयोग, सिर्जनशीलता र सार्थकताका दृष्टिले महिलाका हातको रकम निकै प्रभाकारी मानिन्छ । पुरूषका तुलनामा जटिल रोग कमै निम्त्याउँछन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार