हिन्दुराज्य, धर्मनिरपेक्षता र क्रिश्चियन दवदवा

नेपालबहस संवाददाता
पुस १०, २०७८ आइतबार २:४७:५७

♦सम्पादकीय
युरोपबाट दक्षिण अफ्रिकामा आप्रवसानका लागि पुगेका गोरा जातिको सन्दर्भमा विश्वप्रख्यात दक्षिण अफ्रिकी क्रिश्चियन बिशप डेसमण्ड टुटूले एकताका भनेका थिए, “….मिशनरीहरू (इसाई गोराहरू) हातमा बाइबल बोकेर हाम्रो भूमिमा आए र भने, आऊ ! तिम्रो र हाम्रो एकसाथ हितका लागि इश्वरसँग प्रार्थना गरौँ । तब हामी आँखा चिम्लेर एकसाथ प्रार्थना गर्न थाल्यौँ । आँखा खोलेर हेर्छौँ त उनीहरूको बाइबल हाम्रो हातमा आएको थियो, हाम्रो भूमि उनीहरूको हातमा ।” यसको निहितार्थ हो, इसाईहरू बाइबललाई साम्राज्यवादको औजारका रुपमा पनि उपयोग गर्छन् । दक्षिण अफ्रिकाले भोगेको यो अनुभव र भोगाइ नेपालले भोग्नुपर्दैन भन्ने ग्यारेन्टी कसले गर्ने ?
लोकतन्त्रसँग गाभिएर आएको धर्मनिरपेक्ष राज्यको प्रावधानले ८१ प्रतिशत हिन्दु, १३ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत धर्म मान्ने नागरिकहरूको भावनामा प्रहार गर्दै प्रलोभनका आधारमा धर्म परिवर्तन गराइएकाहरूको स्वार्थको पक्षपाती भएको छ । अन्ततः धर्म परिवर्तन गरेर इसाई भईटोपलेकाहरूलाई पनि त्यसले भलाइ गर्दैन । तिनीहरू प्रार्थना र भजन गाउन उपयोग हुने मात्र हुन् । भलाइ तिनीहरूको होला, जसलाई धर्मनिरपेक्ष नेपाल चाहिएको छ । नेपालमा इसाई विस्तार साम्राज्यवादको एक छदम अवतारका साथ भइरहेको छ ।
धर्मनिरपेक्ष राज्यको घोषणा गरेका बखत विशाल धनराशी खर्च भएको छ र त्यसको अनुचित लाभ त्यस्तो घोषणामा हात रहेकाहरूका खल्तीमा पुगेको छ । यसमा ‘होइन कि’ भनी प्रश्न र शंका गरिराख्नु पर्दैन । आज आएर धर्मनिरपेक्षताको दुरुपयोग गर्दै क्रिश्चियन चर्चहरू नेपालकै विरुद्ध, कतिपय मस्जिदहरू भारतका विरुद्ध र कतिपय गुम्बाहरू चीन विरोधी गतिविधिका अखडा भईरहेका गुनासो पनि सुनिने गर्छ ।
सबभन्दा आश्चर्यजनक पक्ष त के छ भने धर्मनिरपेक्ष राज्यको चर्को वकालत गर्ने (ए)माओवादी भित्रै इसाईहरूको दबदबा छ । धर्मनिरपेक्षताको सन्दर्भमा (ए)माओवादी त्यस्तो औजार भइरहेको छ, जसले साम्राज्यवादको विरोध गर्दागर्दै प्रकारान्तरले साम्राज्यवादको पक्षपोषण गरिरहेको छ । हिन्दु धर्म, मन्दिर, गुम्बा, मठ आदि धार्मिक संस्थाहरूमा त्यस पार्टीको हमलाले धर्मनिरपेक्षताको आवरणमा इसाई षड्यन्त्रकारीलाई तेल मालिस गरिरहेको छ । अतः (ए)माओवादीको धर्मनिरपेक्ष नेपालको स्वरुप, परिणाममुखी भएर इसाईहरूको हितमा समर्पित रहेको छ ।
नेपालको हकमा धर्मनिरपेक्षताले जनचाहना अनुरुप राज्यको चरित्र निर्धारण गर्दैन । माथि नै भनियो यो षड्यन्त्रपूर्वक नेपाली जनतामाथि लादिएको छ । धर्मनिरपेक्ष राज्यको घोषणा गरेका बखत विशाल धनराशी खर्च भएको छ र त्यसको अनुचित लाभ त्यस्तो घोषणामा हात रहेकाहरूका खल्तीमा पुगेको छ । यसमा ‘होइन कि’ भनी प्रश्न र शंका गरिराख्नु पर्दैन । आज आएर धर्मनिरपेक्षताको दुरुपयोग गर्दै क्रिश्चियन चर्चहरू नेपालकै विरुद्ध, कतिपय मस्जिदहरू भारतका विरुद्ध र कतिपय गुम्बाहरू चीन विरोधी गतिविधिका अखडा भईरहेका गुनासो पनि सुनिने गर्छ ।
तर धर्मप्रतिको अनुरागका कारण इसाई हुनेको संख्या बढेको होइन, प्रलोभन नै यसको मूख्य कारण हो । हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथाको कलंक, नेपाली समाजको गरिबी, बेरोजगारी, अशिक्षा आदि पनि यसका लागि उत्तिकै जिम्मेवार छन् ।
आज शहरी क्षेत्रका टोल–टोलमा पानी सरह पैसा बगाएर स्थापना गरिएका ‘मण्डली’ (चर्च) सञ्चालित छन् । तिनीहरूले शनिबार र आइतबार स्थानीय टोल वा मोहल्ला थर्काएर इसाई भजन गाएर अन्य जनसमुदायको दैनन्दिनीमा ठूलो व्यवधान खडा गरिरहेका छन् । देशभरिमा बाह्र हजार चर्चहरू सञ्चालित छन् । यी मूख्यतः प्रोटेष्टन चर्च हुन, क्याथोलिक चर्च नेपालमा कमै छन् । २००७ सालको जनक्रान्ति सम्पन्न भएका बेला नेपालमा जम्मा २५ जना इसाई थिए, आज इसाईहरूको संख्या १८ लाखभन्दा माथि पुर्याईएको छ ।
हो, मल्लकालमा काठमाडौंमा केपुचिन इसाईहरू रहेबसेका थिए । उनीहरूले यहाँको समाजमा विद्यमान धार्मिक अस्तित्व र मान्यतामा विचलन पैदा गरी धर्मका नाममा समाज भड्काउने काम गरेका हुनाले पृथ्वीनारायण शाहले उनीहरूलाई देश निकाला गरिदिएका थिए । आज पनि इसाई हर्कत र षड्यन्त्र चलिरहेको छ । उनीहरूको जोड धर्म परिवर्तन गराउनमै लागेको छ । स्वेच्छाले कुनै धर्म त्याग गर्नु र अर्को धर्म वरण गर्नु व्यक्तिको मौलिक तथा जन्मसिद्ध अधिकार हो । तर धर्मप्रतिको अनुरागका कारण इसाई हुनेको संख्या बढेको होइन, प्रलोभन नै यसको मूख्य कारण हो । हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथाको कलंक, नेपाली समाजको गरिबी, बेरोजगारी, अशिक्षा आदि पनि यसका लागि उत्तिकै जिम्मेवार छन् ।
बेलायतकी महारानी त्यहाँको एङ्गलिकन चर्चकी प्रमुख छिन् । त्यसैगरी डेनमार्क, स्वेडेन, नर्वेलगायत मुलुकहरूका राजतन्त्रको सम्बन्ध लुथरन चर्चहरूसँग छ । स्पेनमा राजाको सम्बन्ध क्याथोलिक चर्चसँग छ । अमेरिकी राष्ट्रपतिले शपथग्रहण गर्दा अमेरिकी संविधान छोएर होइन, बाइबल नै छोएर शपथग्रहण गर्छन् । अमेरिकी डलरमै ‘इन् गड वी ट्रस्ट’ लेखेर अमेरिकीहरूले आफ्नो राष्ट्र धर्मनिरपेक्ष नभएको देखाएको छ ।
नेपालमा इसाईहरूको संख्या बढाउनमा नर्वेका राजकुमार हाकुम माग्नुस् ‘गड फादर’ का रुपमा कार्यरत भएको निष्कर्ष छ । उनी २०६८ को मंसिर ५ गते नेपालको ४ दिने भ्रमणमा आएका थिए । नेपाल बसाइका बेला उनले भनेका थिए, ‘म यहाँका आदिवासीहरूलाई भेट्न चाहन्छु ।’ यो भनाइलाई नेपालमा आपत्तीजनक अर्थमा हेरियो । उनी ‘संवैधानिक संवाद केन्द्र’ नामक एक गैरसरकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए, जुन केन्द्रले संविधानसभामा जनजाति ककस्लाई लगानी गरेको थियो ।
इसाई धर्मावलम्बी मुलुकहरू जतिसुकै धर्मनिरपेक्षताको दाबी गरुन्, त्यहाँ इसाई धर्मका चालचलन हावी भएका छन् । बेलायतकी महारानी त्यहाँको एङ्गलिकन चर्चकी प्रमुख छिन् । त्यसैगरी डेनमार्क, स्वेडेन, नर्वेलगायत मुलुकहरूका राजतन्त्रको सम्बन्ध लुथरन चर्चहरूसँग छ । स्पेनमा राजाको सम्बन्ध क्याथोलिक चर्चसँग छ । अमेरिकी राष्ट्रपतिले शपथग्रहण गर्दा अमेरिकी संविधान छोएर होइन, बाइबल नै छोएर शपथग्रहण गर्छन् । अमेरिकी डलरमै ‘इन् गड वी ट्रस्ट’ लेखेर अमेरिकीहरूले आफ्नो राष्ट्र धर्मनिरपेक्ष नभएको देखाएको छ । युरोपजस्तो मुलुकमै ‘क्रिश्चियन डेमोक्रेटिक पार्टी’ लगायतका कन्जरभेटिभ पार्टीहरू जनतामा क्रियाशील छन् ।
हामी सोचौँ, नेपाललाई कसको लागि धर्मनिरपेक्ष राज्य बनाइएको हो । धर्मको आडमा विदेशी हस्तक्षेप बढ्न दिनु एक्काइसौँ शताब्दीको साम्राज्यवादलाई पृष्टपोषण गर्नु हो । नेपाली जनताको गरिबी, अशिक्षा र अनेकौं पछौटेपनबाट नाजायज मौका लिँदै धर्म परिवर्तन गराउने इसाई हर्कत मात्र क्रिश्चियनहरूप्रति नेपालीहरूको आपत्ति र गुनासो हो । नेपाल हिन्दु राज्य नै रहोस् भन्ने कामना नेपाली मात्रको होइन, विश्वभरिका दुई अर्ब हिन्दुहरूको चाहना हो । हामी अर्बौँको यो चाहनालाई कुल्चेर षड्यन्त्रकारीका देशद्रोहीपूर्ण खेलमा नलागौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार