अमलाचौरमा छ करोडको लगानीमा विद्यालय भवन
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार १७:३१:५७
११ पुस, काठमाडौं । बागलुङ नगरपालिका–१२ अमलाचौरमा छ करोडको लगानीमा पृथ्वी हिरण्य माध्यमिक विद्यालय निर्माण भएको छ । विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा बलेवाको पञ्चेवाजा, भजन र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा ३५० विद्यार्थी रहेका छन् ।
सो अवसरमा सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं बानपा वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक वुद्धि चापागाईंले विद्यालयको उन्नयनमा उल्लेखनीय योगदान गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेका छन् ।
उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालन समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा सांसद डा पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताए ।
सो विद्यालयका दाता तथा उपाध्यक्ष ढकालले उक्त विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गरे ।
वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ भन्दै विद्यालयको भौतिक संरचना बलियो भएकाले अब शैक्षिक गुणस्तर सुधारको अभियान सुरु गर्ने बताए ।
उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान
पृथ्वी हिरण्य माध्यमिक विद्यालयको भौतिक विकासमा सहयोग पु¥याएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।
अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु ६ करोड रुपैयाँ खर्चको स्रोत जुटाइदिएका थिए । विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पु¥याएको भन्दा ढकाल सम्मानित भएका छन् । ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार