माओवादीको ‘राष्ट्रिय सम्मेलन’ अनायास महाधिवेशनमा बदलिएपछि
नेपालबहस संवाददाता
पुस ११, २०७८ सोमबार ०:१:५४
♦समाचार टिप्पणी
११ पुस, काठमाडौं । माओ त्से–तुङ्को १२९ औं जन्मजयन्तीलाई सबभन्दा उपयुक्त साइत मानेर राजधानीको प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पुस ११ गते आईतबार निर्धारित समयभन्दा डेढघन्टा ढिलो अपरान्ह करिब साढे तीन बजे शुरू भयो । संयोगवश, इतिहासमा यसै दिन आजको एमालेको जन्मरुप ‘नेकपा–माले’ को स्थापना दिवस पनि परेछ ।
उद्घाटन मञ्चमा माओ त्से–तुङ्को मात्र फोटो राखिएको कर्मकाण्डी र परम्परागत रुपमा राखिने गरेको माक्र्स्, एङ्गेल्स्, लेनिन, स्तालिनको फोटो अर्थपूर्ण रुपमा लोप गरिएजस्तै एउटा साह्रै सानो र नगण्य लोगोको रुपमा मात्र देखियो । राष्ट्रिय सम्मेलन हुनुभन्दा एकदिन अगाडि अनायास राष्ट्रिय महाधिवेशनमा परिणत गरेको माओवादीले पार्टी संरचना र संगठन विधिलाई वैधानिक रुप दिन र निर्वाचन आयोगबाट मान्यता पाउने कुराले पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीको आधिकारिक स्रोतबाट जानकारी दिइयो ।
जनतासँगको सम्बन्ध काटिएको र जनस्तरमा माओवादीको अस्तित्व शुन्य बराबर भएको कमजोरीबारे महाधिवेशनमा समीक्षा हुने सम्भावना छ । स्थानीय तहमा जनाधार विस्तार गर्न सकेन भने नजिकै आईरहेको स्थानीय तहको निर्वाचनमा माओवादीले जमानत जोगाउन पनि धौधौ पर्ने धरातलीय वास्तविकता अध्यक्षको स्तरसम्म नै जाहेर देखिन्छ ।
तसर्थ, माओवादी केन्द्रले नयाँ नेतृत्वलाई दुई मूख्य कार्यभार– पार्टीको जनाधार व्यापक रुपले विस्तार गर्ने र माओवादीबाट लाखापाखा लागेका छुटभैया तथा अन्य पार्टीका नेता–कार्यकर्ता माओवादीमा तान्ने रणनीतिका साथ परिचालित हुने निष्कर्ष लिएर ‘जनतामा जाने’ संकल्पको रुपमा यस महाधिवेशनलाई लिएको, अध्यक्ष निकट स्रोतले बतायो ।
नयाँ नेतृत्व चयन गर्ने तालिका रहेको माओवादीको महाधिवेशनमा करिब तीन दशकदेखि बहाल रहेका अध्यक्ष प्रचण्डलाई विस्थापित गर्ने नेता सो पार्टीमा कोही छैन । भएजति सबै लाखापाखा लागिसके । त्यसैले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा (प्रधानमन्त्री) र एमालेमा अध्यक्ष के.पी. ओलीले निरन्तरता पाएजस्तै माओवादी केन्द्रमा पनि अध्यक्ष प्रचण्डले नै सो पदमा निरन्तरता पाउने लगभग निश्चित देखिन्छ ।
तर प्रचण्डले त कांग्रेस र एमालेमा जस्तो प्रतिस्पर्धा गर्नुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन । पुरानै अनुहार अघि सारेर आगामी चुनावमा माओवादीले मतदातालाई आकर्षित गर्न सक्दैन भन्ने चेतले पनि अध्यक्षबाहेकका पदाधिकारीहरूमा नयाँ अनुहार देखापर्ने सम्भावना प्रवल छ । माओवादीले युवा, महिला, मुस्लिम र दलितको निम्ति आरक्षणको व्यवस्था गरेको छ ।
नेपाली कांग्रेसको महामन्त्रीमा लोकतान्त्रिक प्रक्रियाद्वारा गगन थापा र विश्वप्रकाश शर्माको शानदार विराजमान एवं राप्रपामा त अध्यक्ष पदकै लागि राजेन्द्र लिङ्देनले ‘मैहुँ’ भन्ने दम्भ बोकेको कमल थापालाई धूलो चटाएर विजयी बनेपछि ठूलै तरङ्ग उत्पन्न भएको छ । कांग्रेसका उपसभापतिद्वय र ८ जना सहमहामन्त्रीमा निर्वाचित नयाँ अनुहारले माओवादी लगायतका अन्य दललाई पनि प्रभावित तुल्याएको छ । यसबाट पनि माओवादी केन्द्रलाई पदाधिकारीमा नयाँ र युवा अनुहारलाई अवसर दिन नैतिक दवाव परेको अनुभव हुन्छ ।
उपाध्यक्ष र महासचिवमा भने प्रचण्डपछिका नेताहरूबीच प्रतिस्पर्धा देखिन्छ । प्रतिष्पर्धात्मक निर्वाचन भयो भने उपमहासचिव, सचिव र कोषाध्यक्षमा पनि प्रतिस्पर्धा हुने सम्भावना छ । यो महाधिवेशनको अर्को विशेषता, एकताका प्रचण्डकै उत्तराधिकारी होलान् भन्ठानिएका तर युवती काण्डले खुईल्याईएका, सभामुख पदबाट राजीनामा दिएर हिँड्नुपरेका कृष्णबहादुर महराको पार्टी पदाधिकारीमा पुनर्वहाली हुने बलियो अनुमान छ ।
पदाधिकारीको लागि युवा आकांक्षी जम्जमाईरहेका छन् र प्रतिस्पर्धामा भिड्न तयार छन् । अध्यक्षबाहेक अन्य पद बढाएर नेताहरूको व्यवस्थापन गरिने र महाधिवेशन अवधिमा त्यो सम्भव नभए केन्द्रीय समितिले पछि अनुकूल समयमा निर्वाचित गर्ने गरी महाधिवेशन समापन हुने आंकलन पनि कतिपयले गरेका छन् । सकेसम्म सहमति वा सर्वसम्म्तिको प्रयास गर्ने र त्यस्तो सम्भव नभएमा ‘कति माथापच्ची गर्ने, कार्यकर्तालाई नै चुन्न दिऊँ’ भन्दै निर्वाचनमै जाने मनस्थितिमा प्रचण्ड रहेको जानकारीमा आएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा माओवादी केन्द्र त्यसपछि माथि उक्लिन सकेन, उल्टै फुटेर ५ टुक्रा हुनपुग्यो । त्यसयता तेस्रो ठूलो दलको रूपमा माओवादी केन्द्रले सन्धी र विग्रहको उतार–चढाव धेरै नै ब्यहोर्यो । कहिले नेपाली कांग्रेस र कहिले नेकपा एमालेसँग मिलेर सत्ता साझेदारीको अवसर भने पाइरहेकै छ ।
एमालेसँग त पार्टी एकीकरणको असफल अभ्यास पनि भयो । संसदीय अभ्यासमा झन्डै एकदशक बिताईसकेको माओवादी पार्टीलाई तेस्रो दलभन्दा माथि उकाल्न नसके पनि प्रचण्ड माओवादीमा निरन्तर निर्विकल्प नेताको रुपमा छाईरहेका छन् । त्यसको निरन्तरता यो महाधिवेशनमा पनि हुने लगभग निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार